काठमाडाैं- बाँके राष्ट्रिय निकुञ्ज बाँकेका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकाय स्रोत नखुलेको रकम ८ लाख ९८ हजार रुपैयाँसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले स्रोत नखुलेको रकम साथमा लिई कार्यालयको बा.२ झ. १८७३ नं. को गाडीमा यात्रा गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो। अख्तियारको टोलीले प्राप्त गरेको सूचनाको आधारमा आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले ३ लाख ४८ हजार नगद र विभिन्न मितिको बैंक भौचर ५ लाख ५० हजारसहित पक्राउ गरेको हो।
उनीहरु रुपन्देहीकाे सैनामैना नगरपालिका वडा नं. १० बाट पक्राउ परेका हुन्। उनीहरुमाथि थप अनुसन्धान गर्न आयोगको केन्द्रीय कार्यालय पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।