• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कसरी फर्कंदैछ खेलकुद? 

मैदानमै आवासीय सुविधा, कोरोना परीक्षणको रिपोर्ट पर्खंदै
64x64
सराेज तामाङ मंगलबार, साउन २०, २०७७  ०७:३०
1140x725

काठमाडौं- कोरोना महामारीका कारण रोकिएको नेपाली खेलकुद सुरु गर्न खेलसम्बद्धहरु तयारीमा लागेका छन्। सरकारको अनुमतिसँगै भदौ १ देखि खेलकुद चलायमान हुने देखिन्छ। तर संक्रमितको संख्या बढिरहेको अहिलेको समयमा मैदान फर्कन सहज भने देखिँदैन। 

नेपालमा चैतदेखि रोकिएका खेलकुदको अभ्यास भएको छैन। धेरै कुरा सामान्य अवस्थामा फर्काउने पहल भइसक्दा पनि खेलकुदमाथिको विचार पर्याप्त थिएन। अहिले भने भदौ १ को लक्ष्य राखेर संघहरु लागिपरेका छन्। लामो समयपछि मैदान फर्कन खेलाडीहरुमा उत्साह त छाएको छ, तर त्योसँगै कोरोनाको डर पनि सकिएको छैन। 

यसैले सरकार र सम्बन्धित निकायले कोरोनाबाट जोगिन ब्यवस्थित उपायहरु अपनाउन चुनौती छ। क्लोज क्याम्पकै बेलामा खेलाडी कसरी सुरक्षित राख्ने र बाहिरी सम्पर्कबाट बचाउने भन्ने योजनाको आवश्यकता देखिन्छ। कराते, ब्याडमिन्टनलगायत कतिपय खेलाडी अहिले पनि अभ्यासमा छन् फुटबल र क्रिकेट तयारीमा छन्। 

भदौ १ गतेदेखि नै खेलाडीहरुलाई क्लोज क्याम्प राख्ने तयारीमा रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल क्रिकेट संघ (क्यान) भने पूर्णरुपमा सुरक्षाको प्रत्याभूति दिलाउँदै अभ्यास गराउने दाबी गर्छन्। 

क्यानका सचिव अशोकनाथ प्याकुरेल भन्छन्, ‘राम्रो अभ्यास गर्ने वातावरण बनाउँदै छौं।’ यता एन्फा प्रवक्ता किरण राईको भनाइ पनि उस्तै छ, ‘एन्फा एकेडेमी छिरेपछि खेलाडी सुरक्षित हुन्छन्।’

क्रिकेटमा प्रतियोगिताका बेला र अभ्यासका दौरान पनि के गर्ने र के नगर्ने भन्ने विषयमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले आफ्नै नियमहरु बनाएको छ। जसको पालना खेलाडीका लागि आवश्यक पनि देखिन्छ। 

आइसिसीले खेलाडी र अफिसियललाई मैदान र मैदानबाहिर पनि शारीरिक दुरी बनाउन आग्रह गरेको छ। यसअघि जस्तो खेलाडीले आफ्ना स्वेटर, क्याप टोपी, चस्मा जस्ता बस्तुहरु अम्पायरलाई बोक्न दिन पाउने छैनन्। खेलाडीले बल छोएपछि सेनिटाइजरले हात सफा गर्नुपर्नेछ। अम्पायरले हरसमय ग्लोब्स लगाएर नै बस्नुपर्नेछ।

Ncell 2
Ncell 2
nimb
nimb

खेलको दौरानमात्र होइन अभ्यासका बेलामा पनि यी नियमहरुको पालना गर्नुपर्नेछ। त्यसका साथै ‘सेलिब्रेसन’का समयमा पनि शारीरिक दुरी बनाउन भनिएको छ। खेलाडीहरुले पानीका बोतल, रुमाल या यस्ता अरु कुनै पनि वस्तु एकअर्काले मिलेर प्रयोग गर्न पाउने छैनन्।

विशेष गरी बलमार्फत् नै भाइरसको संक्रमण हुन सक्ने हुँदा बल आफूसँग भएको समयमा पूरा सावधानी अपनाउन र बललाई अनावश्यक रुपमा ‘ह्यान्डल’ नगर्नसमेत भनिएको छ। बल छोएको समयमा आँखा, मुख र नाकमा हात नलग्न भनिएको छ। बल छोएपछि सेनिटाइजर लगाउन अनिवार्य गरिएको छ।

अभ्यासका दौरानमा पनि खेलाडीहरुलाई धेरै समय अभ्यासमा नबिताउन भनिएको छ। विशेष गरी बलरहरुका लागि कामको चाप पर्ने हुँदा उनीहरुले निश्चित समयका लागि मात्र अभ्यास गर्नुपर्ने बताइएको छ।

विशेष गरी लामो समय खेलबाहिर रहेकाले एक्कासी अभ्यासमा फर्कंदा बलरको हड्डीमा समस्या आउन सक्ने खतरा रहेको समेत बताइएको छ। यसैले खेलका लागि जाँदा अतिरिक्त खेलाडीको संख्या बढाउन पनि भनिएको छ।

क्रिकेट : कीर्तिपुरमै बास, कीर्तिपुरमै अभ्यास
कोरोनाको कारण विश्व अर्थतन्त्र ध्वस्त हुँदा क्रिकेटलाई पनि नराम्ररी असर गर्‍यो। आइसिसीको सबै प्रतियोगिताहरु सर्‍यो। नेपालले खेल्ने आइसिसी क्रिकेट विश्वकप लिग टु का तीन सिरिजसमेत सर्‍यो। नेपालमा नै एभरेस्ट प्रिमियर लिग फ्रेन्चाइज क्रिकेट प्रतियोगिता पनि स्थगित भयो।  

अन्तर्राष्ट्रिय खेल तालिका डामाडोल छ। नेपालले खेल्ने तालिका सार्वजनिक भएको छैन। कोरोनाको प्रकोप अझै नहटे पनि खेलाडीलाई अभ्यासमा राख्न क्यानले भदौ १ देखि क्लोज क्याम्पमा राख्दैछ। अरु बेला होटलमा राखेर गरिने क्लोज क्याम्प यो पटक भने फरक हुने भएको छ।

क्यानको तयारी अनुसार १ गतेदेखि क्रिकेट खेलाडीलाई कीर्तिपुरमै खाने, बस्ने र सुत्ने ब्यवस्था हुँदैछ। त्यसकै जमर्कोमा अहिले क्यान जुटेको छ। ‘हामीले कीर्तिपुरमा नै बस्ने ब्यवस्था गर्दै छौं। अहिले जुनसुकै होटलमा राख्ने अवस्था पनि छैन। क्लोज क्याम्प राख्न सक्ने अवस्था नभएको हुँदा उतै सबै खेलाडीलाई राख्ने ब्यवस्था हुँदैछ’, क्यानका सचिव प्याकुरेलले भने।

कीर्तिपुरस्थित त्रिवि मैदानमै खेलाडीलाई राख्ने ब्यवस्था भए यो पहिलो पटक हुनेछ। अहिलेसम्म नेपाली क्रिकेट खेलाडीलाई त्रिविमै बस्ने ब्यवस्था थिएन। होटलमा राख्ने सम्भावना निकै न्युन र जोखिम भएको कारण खेलाडीलाई मैदानमा नै व्यवस्था मिलाएर राख्ने क्यानको निर्णय राम्रो पनि देखिन्छ। 

‘अलिक समस्या भनेको सुत्नका लागि नै हो। भिआइपी भवनमा पनि बेडहरु राखेर व्यवस्था गर्छौं। क्याटरिङ राखेर खाने व्यवस्था मिलायौं भने राम्रो हुन्छ। होटलमा बसेको जस्तो त हुँदैन। तर अभ्यास नै नगरी बस्नु भन्दा त यो नै उत्तम विकल्प हो।’

खेलाडी नै कीर्तिपुरमा राख्ने भएपछि बस्ने र खानेको ब्यवस्था मात्रै हैन अन्य पाटोहरु पनि उत्तिकै महत्वपूर्ण हुन्छन्। पानीको समस्या मैदानमा छ। त्यस्तै, विद्युत उपलब्ध छैन। खेलाडीलाई सुरक्षाको पनि बन्दोबस्त गर्नुपर्ने हुन्छ।

‘विद्युतको समस्या समाधान भइसकेको छैन। काम भइरहेको छ। बोरिङ सफा गरेर पानी निकाल्ने भनेका छौं। सायद हुन्छ होला’, उनले भने।

अभ्यास गर्नका लागि मैदान तयारी पारिएको छ। इन्डोर हल, नेट अभ्यासदेखि जिम हलसम्म राम्रो गर्ने काम भइरहेको छ। त्यस्तै, क्यानले खेलाडीको पिसिआरबाट कोरोना परिक्षण गर्नका लागि टेकु अस्पतालमा निवेदन दिइएको छ। क्लोज क्याम्पमा बस्नुअघि एक पटक सबै खेलाडीको कोरोना परिक्षण हुनेछ। अहिले राष्ट्रिय टिमका धेरै खेलाडी काठमाडौंबाहिर छन्। काठमाडौं अभ्यासको लागि खेलाडीलाई ल्याउने प्रक्रिया पनि भइरहेको क्यानले जानकारी दियो।

त्यस्तै, यसअघि क्यानले नामिबिया भ्रमणसम्बन्धमा गरेको प्रस्ताव सत्य नभएको पनि दाबी गरे। उनले भने, ‘आइसिसीको प्रस्ताव गरेको भन्ने कहाँबाट आयो मलाई नै थाहा छैन। नेपालको मिडियाहरु खै केको आधारमा लेख्छन्। निर्णय गर्नेमा म हुन्छु तर मलाई नै थाहा नभएको कुरा मिडियाले बाहिर ल्याउँछ। आइसिसीले कहाँ प्रस्ताव गरेको छ मलाई नै थाहा छैन।’

फुटबल- क्लोज क्याम्पबाट बाहिर जान दिँदैनौँ
फुटबलका प्राय सबै खेलाडी काठमाडौं आइसकेका छन्। नियमित अभ्यासलाई निरन्तरता दिन र विश्वकप फुटबलको दोस्रो चरण अन्तर्गतको चाइनिज ताइपेई र अस्ट्रेलियाविरुद्धको घरेलु मैदानमा हुने खेलको लागि तयारी गर्न नेपाली फुटबल टिम क्लोज क्याम्प बस्दै छन्।

टिममा परेका ३३ जना खेलाडी काठमाडौं आइसक्दा रञ्जित धिमाल भने गृहजिल्लामै छन्। आमा बिरामी भएको हुँदा रञ्जित काठमाडौं आउन नसकेका हुन्। उनी केही दिनमै टिममा फर्किने छन्।

काठमाडौं आइसकेका खेलाडीहरुको अहिले स्वास्थ्य परीक्षण भइरहेको छ। क्वारेन्टाइनमा विभागीय खेलाडी विभागसँगै छन्। क्लबमा रहेका खेलाडी क्लबमै छन्। त्यस्तै, युनाइटेड होटलमा अहिले १२ जना खेलाडी क्वारेन्टाइनमा बसिरहेका छन्।

सबैको कोरोना रिपोर्ट आइसकेपछि भदौ १ गतेबाट अभ्यास गराउने एन्फाको तयारी छ। एन्फा प्रवक्ता राई भन्छन्, ‘भदौ १ गतेदेखि क्लोज क्याम्प सुरु हुन्छ। क्याम्प सुरु भएपछि सबै खेलाडी एन्फा एकेडेमी आउने छन्। एकेडेमीमै बस्ने छन्।’

खेलाडीको सुरक्षालाई मध्यनजर गर्दै क्लोज क्याम्पमा बसिसकेपछि कुनै खेलाडी बाहिर निस्किन पाउने छैनन्। त्यसो त, खेलाडीलाई खाना पकाउने क्याटरिङदेखि ग्राउण्ड स्टाफहरु पनि बाहिर निस्किन नपाउने प्रवक्ता राई बताउछन्। भन्छन्, ‘हामीले फिफाकै नियमलाई मान्नु पर्ने हुन्छ। एउटा रुममा दुई खेलाडी बस्ने छन्। एन्फा एकेडेमी छिरेपछि खेलाडीमात्रै हैन त्यहाँका कुनै पनि स्टाफ बाहिर निस्किन दिँदैनौं। कसैसँग खेलाडीलाई भेट्ने ब्यवस्था पनि छैन।’

विश्वकपअन्तर्गत दोस्रो चरणमा अझै नेपालले घरेलु मैदानमा तीन खेल खेल्नु पर्नेछ। जहाँ कोरोनाको कारण स्थगित भएर फेरि निकालिएको तालिका अनुसार नेपालले दशरथ रंगशालामा असोज २२ गते चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्नेछ। असोज २७ गते अष्ट्रेलियासँग दशरथ रंगशालामै खेल्ने तालिका छ। त्यसको ठिक एक महिनापछि अर्थात् कात्तिक २७ गते जोर्डनसँग प्रतिस्पर्धा गर्दै नेपालले विश्वकपअन्तर्गत दोस्रो चरणका खेलहरु सकाउने छ।

सरकारले अहिले अभ्यास गराउनका लागि मात्रै अनुमति दिएको हो। प्रतियोगिता आयोजना गर्न फेरि सरकारको अनुमति लिनु पर्छ। विश्वकपको दोस्रो चरणअन्तर्गत नेपालले खेल्ने घरेलु मैदानका खेलको लागि दशरथ रंगशाला तयारी अवस्थामा छ। 

प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्