काठमाडौं- सिन्धुपाल्चाेकमा पहिरो जाँदा पुरिएका ८ जनाकाे शव फेला परेकाे छ। मेलम्ची नगरपालिका–११ मा पहिरोले पुरिएका उनीहरुकाे शव साेमबार बिहान निकालिएकाे हाे।
पहिराेमा परी मृत्यु हुनेमा ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदीप चौरसिया, २५ वर्षीय विक्रम थिंग, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिवबालक धामी, १७ वर्षीय सोनाम लामा र भारतीय नागरिक राजेन्द्र चौधरी रहेका छन्।
पहिराेमा परी घाइते भएका भारतीय नागरिक बारु शाहको उद्धार गरी हेलिकाेप्टरबाट काठमाडौं ल्याइएको छ। प्रदेश सरकारले बनाउँदै गरेको कभर्डहल निर्माणमा संलग्न कामदार बसेको घर गएराति पहिरोले पुरेकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।