एजेन्सी–कोरोना संक्रमण तीव्र रुपमा बढ्ने क्रममा भारतमा एकै दिन ५२ हजारभन्दा बढी संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जनाएअनुसार आइतबार ५२ हजार ९ सय ७२ संक्रमित थपिएका छन्।
योसँगै भारतमा संक्रमितको संख्या १८ लाख ३ हजार ६ सय ९५ पुगेको छ। यस्तै, आइतबार ७ सय ७१ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म ३८ हजार १ सय ३५ जनाको मृत्यु भइसकेको छ। भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ५ लाख ७९ हजार ३ सय ५७ छ भने ११ लाख ८६ हजार २ सय ३ जना निको भइसकेका छन्।
इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार भारतमा २ अगष्टसम्म २ करोड २ लाख २ हजार ८ सय ५८ जनाको परीक्षण भइसकेको छ भने आइतबारमात्र ३ लाख ८१ हजार २७ जनाको परीक्षण गरिएको थियो, जुन अहिलेसम्म गरिएको सबैभन्दा धेरै परीक्षण हो।
पछिल्लो आँकडाअनुसार सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा संक्रमितको संख्या ४ लाख ४१ हजार २ सय २८ पुगेको छ भने त्यहाँ १५ हजार ५ सय ७६ जनाको मृत्यु भएको छ। यस्तै, तमिलनाडुमा २ लाख ५७ हजार ६ सय १३ संक्रमित र ४ हजार १ सय ३२ को मृत्यु, दिल्लीमा १ लाख ३७ हजार ६ सय ७७ संक्रमित र ४ हजार ४ को मृत्यु तथा कर्नाटकमा १ लाख ३४ हजार ८ सय १९ संक्रमित र २ हजार ४ सय ९६ को मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।