कैलाली-रक्षाबन्धनका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सोमबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार प्रदेश सरकारको वार्षिक कार्ययोजनामा नै रक्षाबन्धनका अवसरमा सार्वजनिक बिदा दिने उल्लेख छ।
मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले २०७७ सालका सार्वजजिक बिदा दिन गरिएका निर्णय प्रदेश राजपत्रमा समेत उल्लेख भइसकेको बताए।
प्रदेश सरकारको निर्णय संघीय सरकार मातहतमा रहेका सरकारी कार्यालयले भने मान्न बाध्य हुने छैनन्। प्रदेश सरकारले विश्व वातावरण दिवसका अवसरमा जेठ २३ गते, रक्षाबन्धनका अवसरमा साउन १९ गते, अट्वारी पर्वका अवसरमा भदौ ७ गते, भुवा पर्वका अवसरमा पुस १९ गते र खडेहरा पर्वको अवसरमा चैत २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।