एजेन्सी–भारतको कर्नाटकका मुख्यमन्त्री बीएस येदियुरप्पालाई पनि कोरोना देखिएको छ। उनले आफ्नो ट्वीटरमा यसको पुष्टि गरेका हुन्। उनको अवस्था सामान्य भए पनि चिकित्सकको सल्लाहमा अस्पताल भर्ना गरिएको जनाइएको छ।
यदियुरप्पाले आफ्नो सम्पर्कमा आएका सबैलाई सेल्फ क्वारेन्टाइनमा रहन र परीक्षण गराउन अपील गरेका छन्। उनले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘मेरोना कोरोना रिपोर्ट पोजिटिभ आएको छ, यद्यपि म ठीक छु, म डाक्टरको सल्लाहमा अस्पताल भर्ना भएको छु, जो मेरो सम्पर्कमा आएका छन्, उनीहरुले परीक्षण गरुन् र सेल्फ क्वारेन्टाइनमा बसुन्।’
उनलाई कर्नाटकको मणिपाल अस्पतालमा भर्ना गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।