काठमाडौं- आइतबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) काठमाडौं उपत्यकामा थप ३१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि, उपत्यकामा मात्रै ६१६ पुगे संक्रमित, आइतबार थपिएका २४६ सहित संक्रमितको संख्या २० हजार ३३२ पुग्यो
२) नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच आइतबारको भेटवार्ता सकारात्मक, अध्यक्षद्वयबीच सोमबार बिहान पुनः भेट्ने तय, खनाल र नेम्बाङ पनि सहभागी हुने
३) नेपाल लाइभ समाचार प्रभाव ः यातायात व्यवस्था कार्यालय साना÷ठूला सवारीद्वारा टेस्लाका दुई इलेक्ट्रिक कारको दर्ता खारेज, असार १८ मा दर्ता, साउन १८ मा खारेज
४) कोरोना संक्रमण भएकी भारतको उत्तर प्रदेशकी प्राविधिक शिक्षामन्त्री कमल रानी वरुणको मृत्यु, भारतीय गृहमन्त्री अमित शाहमा पनि देखियो कोरोना
५) र, एफए कपको उपाधि आर्सनललाई, चेल्सी २–१ गोल अन्तरले पराजित गर्दै आर्सनल बन्यो १४औं पटक एफए कप विजेता
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।