एजेन्सी-कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेहरुको संख्याका हिसाबले मेक्सिको तेस्रो नम्बरमा पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार मेक्सिकोमा हालसम्म ४७ हजार ४ सय ७२ पुगेको छ भने ४लाख ३४ हजार १ सय ९३ जना संक्रमित भएका छन्।
यसअघि बेलायत ४६ हजार २ सय ७८ मृत्युसँगै मृतकको संख्यामा तेस्रो नम्बरमा थियो। मेक्सिकोकोले बेलायतलाई समेत उछिनेको हो।
सबैभन्दा धेरै मृत्यु अमेरिकामा १ लाख ५४ हजार ४ सय ४९ जनाको भएको छ भने त्यसपछि ब्राजिल छ, जहाँ ९३ हजार ५ सय ६३ को मृत्यु भएको छ।
सबैभन्दा बढी संक्रमित हुने मुलुकको सूचीको तेस्रो नम्बरमा भने भारत छ, जहाँ १७ लाख ५० हजार ७ सय २३ जना संक्रमित छन्।
मेक्सिकोका अधिकारीहरुले संक्रमितको वास्तविक संख्या योभन्दा धेरै हुनसक्ने आँकलन गरेका छन्। मेक्सिकोमा गत मध्यजुनबाट लाखौं मजदूरहरु काममा फर्केसँगै संक्रमण ह्वात्तै बढेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।