एजेन्सी–कोरोना संक्रमण बढेपछि अस्ट्रेलियाको भिक्टोरियामा लकडाउन अझ कडा बनाइएको छ।
नयाँ नियम स्थानीय समयअनुसार आइतबार साँझ ६ बजेबाट सुरु हुनेछ। यसअनुसार राज्यको राजधानी मेलबर्नमा राति ८ बजेदेखि बिहान ५ बजे सम्म कर्फ्यु लगाइनेछ भने मानिसहरुलाई घरमै बस्न निर्देशन दिइएको छ। किनमेलका लागि एउटा घरका एक जनालाई मात्र अनुमति दिइएको छ।
नागरिकहरुलाई आफ्नो घरको ५ किलोमिटरभन्दा टाढा जाने अनुमति दिइनेछैन भने घरबाहिरको शारीरिक अभ्यासका लागि भने एक घण्टाको समय दिइएको छ।
आइतबार भिक्टोरियामा ६ सय ७१ जना नयाँ संक्रमित भेटिएका छन् भने ७ जनाको मृत्यु भएको छ। योसँगै अस्ट्रेलियामा संक्रमितको संख्या ११ हजार ५ सय ५७ पुगेको छ भने १ सय २३ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।