एजेन्सी–विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ७७ लाख पुगेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या १ करोड ७७ लाख ५९ हजार ३ सय ३२ पुगेको हो। कोरोना संक्रमणबाट हालसम्म ६ लाख ८२ हजार ८ सय ५५ जनाको मृत्यु भइसकेको छ भने १ करोड ४ लाख ८४ हजार ४ सय ४२ जना निको भएका छन्।
कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४६ लाख १७ हजार ४ सय ९४ पुगेको छ भने १ लाख ५४ हजार ३ सय १९ जनाको मृत्यु भइसकेको छ। यस्तै, ब्राजिलमा २७ लाख ७ हजार ८ सय ७७ संक्रमित र ९३ हजार ५ सय ३६ मृत्यु, भारतमा १६ लाख ९५ हजार ९ सय ८८ संक्रमित र ३६ हजार ५ सय ११ मृत्यु तथा रुसमा ८ लाख ४३ हजार ८ सय ९० संक्रमित र १४ हजार ३४ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।