काठमाडौं- कोरोनाका कारण नेपाली चलचित्र क्षेत्र चार महिनादेखि ठप्प छ। चलचित्र क्षेत्र ठप्प रहेपनि म्युजिक भिडियोको छायाँकन भने धमाधम भइरहेका छन्। चलचित्रमा चलेका केही कलाकारहरु म्युजिक भिडियोमा व्यस्त देखिएका छन्। लकडाउन खुकुलो भएसँगै अभिनेता दयाहाङ राईले केही म्युजिक भिडियोमा काम गरिसकेका छन्।
उनी अभिनित एक म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ। मिलन चाम्सको निर्देशनमा तयार भएको ‘बल्ल बल्ल भेट भो’ बोलको म्युजिक भिडियोमा अभिनेता दयाहाङले निरञ्जली लामासँग कम्मर मर्काएका छन्।
साथमा क्षितिज सुवेदीलाई भिडियोमा देख्न सकिन्छ। दीपक शर्माको शब्द र संगीत रहेको यो गीतमा दीपा लामा र तेम्बा शेर्पाले स्वर दिएका छन्। कविराज गहतराजको कोरियोग्राफीमा धुलिखेलको मनोरम दृश्यमा सुदीप बरालले भिडियोको छायाँकन गरेका हुन्।
भिडियोलाई ध्रुवराज पराजुलीले सम्पादन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।