काठमाडाैं- दाङकाे तुलसीपुर उपनगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णकान्त उपाध्याय श्रोत नखुलेको १४ लाख ४८ हजार ७ सय ९६ रुपैयाँसहित पक्राउ परेका छन्।
उपाध्यायले श्रोत नखुलेको अस्वभाविक रकम साथमा लिई हिडेंको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई शुक्रबार नागढुंगाबाट पक्राउ गरेकाे हाे।
उपाध्याय चढेको बा २ झ ४०९९ नम्बरकाे सरकारी गाडीलाई चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुङामा रोकी चेकजाँच गर्दा उनकाे साथबाट १ लाख २४ हजार ७ सय ५० रुपैयाँ नगद र फिक्स डिपोजिट तथा बैंक डिपोजिटकाे १३ लाख २४ हजार ४६ रुपैयाँकाे रसिदहरू गरी १४ लाख ४८ हजार ७ सय ९६ रुपैयाँ बरामद भएकाे अख्तियारले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।