फाइल तस्बिर
काठमाडाैं- चीनले नेपालसँगकाे सम्बन्धलाई उच्च महत्त्व दिएकाे जनाएकाे छ। नेपाल-चीन सम्बन्धको ६५औं वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन र नेपालबीचको सम्बन्धलाई आफूले उच्च स्थानमा राखेको बताएका हुन्।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार ६५औं वर्षगाँठका अवसरमा शनिबार राष्ट्रपति सीले नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग बधाई सन्देश आदानप्रदान गर्दै आफू नेपालसँग सहकार्य गर्न तयार रहेको बताएका हुन्।
चिनियाँ राष्ट्रपति सीले दुवै देशका नागरिकलाई लाभ हुने गरी क्षेत्रीय स्थिरता एवं विकासमा योगदान पुर्याउन नेपालसँग मिलेर अघि बढ्ने इच्छा व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।