एजेन्सी- हङकङ सरकारले सेप्टेम्बरमा हुने भनिएको संसदीय चुनाव एक वर्षका लागि स्थगित गरिएको छ। कोरोना महामारीका कारण यस्तो कदम चाल्नुपरेको बताइएको छ।
तर‚ विपक्षी पार्टीले भने सरकारले कोरोना महामारीको बाहाना बनाएर जनतालाई भोट हाल्ने अधिकारबाट वञ्चित गराएको आरोप लगाएको छ।
हङकङमा हाल कोरोना संक्रमण अत्यधिक देखिइरहेको छ। शुक्रबारमात्र हङकङमा थप १ सय २१ जनामा संक्रमण देखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।