काठमाडौं–बारा जिल्ला प्रशासन कार्यालयले साउन महिनाभर कुनै पनि धार्मिक पर्व, मेला महोत्सव सञ्चालन हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिएको छ।
प्रशासनको यस्तो निर्देशनको उल्लंघन गरे संक्रामक रोग नियन्त्रण ऐन २०२० बमोजिम कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जनाएका छन्।
लकडाउन खुकुलो भए पनि सभा सम्मेलन, महोत्सव, धार्मिक पर्वजस्ता धेरै मानिस जम्मा हुने गरी कुनै कार्यक्रम नगर्ने नगराउने सरकारको नीति भएको सन्दर्भमा जिल्लामा कोरोना संक्रमणको अवस्था तथा छिमेकी जिल्लामा बढ्दो प्रभावलाई मध्यनजर गरी यस्तो निर्देशन दिइएको बारा प्रशासनले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।