काठमाडौं- शुक्रबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) पाटन अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु, ५६ पुगे मृतक, शुक्रबारमात्रै उपत्यकामा ३८ सहित २२४ जनामा संक्रमण, संक्रमितकोे संख्या १९ हजार ७७१ पुग्यो । ( ५६ पुगे मृतक )
२) तराई ‘फास्ट ट्र्याक’ निर्माणमा खोकनाको विवादले ४२ प्रतिशतमात्रै भौतिक प्रगति भएको प्रधानसेनापति थापाको भनाइ, खोकनामा देखिएको समस्याका अदृश्य कारणहरुको खोजी हुनुपर्ने माग । ( खोकना विवादमा सेनाको शंका )
३) विदेशिने विद्यार्थीसँग भाषा परीक्षाको शुल्क लिँदा पहिल्यै कर तिर्नुपर्ने, विदेशमा हुने मेलामा नेपाली वस्तु बिक्री गरेर ५ हजार बढी अमेरिकी डलर भित्र्याउँदा भन्सारमा घोषणा गर्नुपर्ने । ( परीक्षा शुल्कमा अग्रिम कर )
४) अमेरिकामा शान्तिपूर्ण प्रदर्शनमा सरकारले बल प्रयोग गरेकोमा पूर्व राष्ट्रपति ओबामाको आपत्ति, ट्रम्प प्रशासनले नागरिकमाथि अनावश्यक डर, त्रास देखाएको र नभएको कानुनको प्रयोग गरेको आरोप । ( ओबामाको आपत्ति )
५) र, पाकिस्तानी क्रिकेटर हरिस राउफमा ५ पटकको कोरोना भाइरस टेस्टपछि संक्रमण मुक्त, इंग्ल्यान्डविरुद्धको टेस्ट क्रिकेट खेल्न शुक्रबार बिहान नै त्यसतर्फ प्रस्थान । ( क्रिकेटर हरिस कोरोना मुक्त )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।