काठमाडौं–इन्सेकले यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार बाजुरा जिल्ला अस्पतालमा कार्यरत डा. रुपचन्द्र विश्वकर्मालाई प्रदान गर्ने निर्णय गरेको छ।
३ वर्षदेखि बाजुरा जिल्ला अस्पतालमा नागरिकको स्वास्थ्य सेवाका लागि महत्वपूर्ण योगदान दिएको भन्दै डा विश्वकर्मालाई उक्त प्रस्कारबाट सम्मानित गर्ने निर्णय गरिएको इन्सेकले जनाएको छ।
पुरस्कारको राशी ५० हजार रुपियाँको छ। इन्सेकले २०५१ सालदेखि हरेक वर्ष प्रकाश मानव अधिकार पुरस्कारबाट नेपालको मानव अधिकार, राजनीति, शिक्षा, स्वास्थ्य तथा सामाजिकलगायतका क्षेत्रमा विशिष्ट योगदान गरेका एक जनालाई पुरस्कृत गर्दै आएको छ। यो पुरस्कारबाट हालसम्म २५ जना पुरस्कृत भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।