काठमाडौं–सरकारले मास्क प्रयोग नगर्ने २ लाख जनालाई कारबाही गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले मास्क प्रयोग नगर्नेहरुलाई कारबाही गरिएको जानकारी दिएका हुन्। उनले १६ हजार मास्क बाँडिएको पनि बताए।
नेपालसँग जोडिएका भारतका चार राज्यमा संक्रमण दर बढिरहेकाले पनि धेरै सतर्क हुनुपर्ने उनले बताए।
देशका विभिन्न स्थानमा सभा सम्मेलन गर्ने क्रम बढेको भन्दै उनले यसले ठूलो दुर्घटना निम्त्याउने खतरा रहेको पनि उल्लेख गरे।
उनले समूहमा रहने तथा धेरै जनसम्पर्कमा रहने प्रहरी, स्वास्थ्यकर्मीलगायतमा संक्रमण दर बढ्दो रहेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।