काठमडौं— शुक्रबार काठमाडौंमा ३२ ललितपुर ५ र भक्तपुर १ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएका छ। काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४२३ ललितपुरमा ९७ र भक्तपुरमा ५७ पुगेकोछ।
शुक्रबार देशभर २२४ संक्रमित थपिएका छन्। योसँगै कूल संक्रमितकोे संख्या १९ हजार ७७१ पुगेको छ।
१५१ जना व्यक्ति संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म निको हुनेको संख्या १४ हजार ३९९ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएसँगै मृत्यु हुने कोरोना संक्रमितको संख्या ५६ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।