• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, फागुन ४, २०८२ Mon, Feb 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

समुदायमा कोरोना, झन् गैरजिम्मेवार बन्दै मन्त्री र सचिव 

कमला गुरुङ शुक्रबार, साउन १६, २०७७  १९:००
1140x725

काठमाडौं-कोरोना संक्रमण समुदायमा भुसको आगो बन्दै गइरहँदा सरोकारवाला मन्त्रालय अरु बढी संवेदनहीन र लापरवाह बन्दै गइरहेको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र मन्त्रालयको प्रशासकीय नेतृत्वले यही बेला तथ्यहीन र हास्यास्पद अभिव्यक्ति दिन थालेपछि सम्बन्धित निकायको गैरजिम्मेवारीप्रति सर्वत्र चिन्ता व्यक्त हुन थालेको छ।

कोरोना संक्रमितको संख्या घटेको भन्दै सरकारले साउन ७ गतेदेखि लकडाउन अन्त्य गर्‍यो। त्यही दिनदेखि हालसम्म नेपालमा १ हजार ५ सय ५३ जनामा कोरोना भेटिएको छ। यही अवधिमा पिसीआर परीक्षणको दायरा बढ्नुको साटो उल्टै घटिरहेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गएको ९ दिनमा ४० हजार ८ सय ४ जनाको मात्र पिसीआर परीक्षण भएको छ। पछिल्लो दुई दिनमा करिब ६ हजारको पिसीआर परीक्षण भए पनि बाँकी दिनमा ३ हजार आसपासमात्रै परीक्षण भएका छन्। 
दैनिक १० हजारको पिसीआर परीक्षण गर्ने उद्घोष गरेको मन्त्रालयले नै अहिले परीक्षण संख्या घटाउँदैछ। 

संक्रमितको संख्या बढ्दै गए पनि स्वास्थ्य मन्त्रालयको नेतृत्व भने संवेदनशील दैखिँदैन। मन्त्रालयको मुख्य नेतृत्वमा रहेकाहरु उल्टै हास्यास्पद र गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिइरहेका छन्। 

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारको काम नदेख्नेलाई मोतिबिन्दु र स्वास्थ्य सचिव लक्ष्मण अर्यालले परीक्षणको दायरा बढाउन हुँदैन भन्ने अभिव्यक्ति दिनुले पनि उनीहरुको गैरजिम्मेवारीपनको झल्को दिन्छ। 

आफ्नै अभिव्यक्तिका कारण मन्त्री ढकाल र सचिव अर्याल अहिले आलोचित समेत भइरहेका छन्। उनीहरुको अभिव्यक्तिमा कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य मन्त्रालयको असंवेदनशीलता प्रष्ट देखिन्छ।  

विपदको यो समयमा सबैभन्दा बढी सक्रिय हुनुपर्ने निकाय नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हो। तर यही मन्त्रालयका प्रमुख नेतृत्वकर्ता स्वास्थ्यमन्त्री ढकाल र सचिव अर्याल नै गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिँडिरहेका छन्। 

स्वास्थ्यका विज्ञहरुले पनि स्वास्थ्य मन्त्रालयको काम र उनीहरुको अभिव्यक्तिको चर्को आलोचना गरिरहेका छन्। भन्छन्, ‘मन्त्रालयको नेतृत्वको कमजोरीका कारण कोरोना नियन्त्रण बाहिर गएको छ।’

Ncell 2
Ncell 2

कोरोना नियन्त्रणमा मन्त्रालयको नेतृत्व कमजोर देखिन्छ : डा किरण रेग्मी 

पूर्वस्वास्थ्य सचिव डा किरण रेग्मी कोरोना नियन्त्रणमा मन्त्रालयको नेतृत्व चुकेको बताउँछिन्। मन्त्रालय गम्भीर भएर अघि बढ्नु पर्नेमा धेरै कमी-कमजोरी देखिएको उनले बताइन्। 

‘नेपालमा पहिलो संक्रमित देखिनेबित्तिकै तयारी प्रभावकारी रुपमा अघि बढाउनुपर्ने थियो। तर त्यसो भएन। यहाँ नेतृत्वको कमजोरी देखिन्छ,’ उनले भनिन्। 

कोरोनाको जोखिम र संख्या बढिरहेका बेला मन्त्रालयले परीक्षणको दायरा घटाएको उनले बताइन्। परीक्षणको दायरा घटेकाले संक्रमितको संख्या पनि कम देखिएको उनको भनाइ छ। जनतालाई स्वास्थ्य मन्त्रालयले झुक्याउने काम गरेको उनले बताइन्। 

उनी भन्छिन्, ‘परीक्षणको दायरा अहिले कम गरेपछि संक्रमितको संख्या पनि कम देखिएको छ। मन्त्रालयले जनतालाई झुक्याएको पो हो कि?’

कोरोना समुदायस्तरमा फैलिएको उनको आशंका छ। परीक्षणको दायरा बढाउनुपर्नेमा मन्त्रालयले झन् घटाउँदा भोलिका दिनमा समस्या भयावह हुनसक्ने उनले बताइन्। 

'कोरोना समुदायस्तरमा फैलिएको हो की भन्ने ठूलो डर छ', रेग्मीले भनिन्, 'यस्तो बेलामा परीक्षणको दायरा बढाउनुपर्ने हो, तर उल्टै घटिरहेको छ।' 

उनका अनुसार मन्त्रालयको नेतृत्वले परीक्षणको दायरा बढाउनुपर्ने, जोखिम क्षेत्रमा बढी पिसीआर गर्नुपर्ने, क्वारेन्टाइनलाई व्यवस्थित गर्नुपर्ने, कन्ट्याक ट्रेसिङको काम प्रभावकारी रुपमा गर्नुपर्ने, प्रत्येक प्रदेशमा विज्ञ सहितको टोली गठन गर्नुपर्ने थियो। उल्टै गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिँदै हिडेको उनको भनाइ छ। 

विज्ञहरु कराउँछन् तर मन्त्रालयको कानमा पुगेकै छैन : डा यशोवर्धन प्रधान

स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा यशोवर्धन प्रधानले स्वास्थ्य मन्त्रालय कानमा तेह हालेर बसेको बताउँछन्। स्वास्थ्य मन्त्रालय तथा यसका नेतृत्व जति संवेदनशील हुनुपर्ने हो, त्यसो नभएको उनले बताए। 

उनी भन्छन्, ‘कोरोनाको जोखिम बढ्दो छ। मन्त्रालयको नेतृत्व कानमा तेल हालेर बसेको छ। विज्ञहरुले सबैले परीक्षणको दायरा बढाउनुपर्ने बताउँदै आएका छन्। तर उनीहरुको कानसम्म यो कुरा पुगेकै छैन।’

पहिले भारतबाट आउने व्यक्तिबाट कोरोना सरे पनि अहिले समुदायभित्रैबाट कोरोना सरेको उनले बताए। संक्रमितमा लक्षण देखिनु, मृत्युदर बढ्नु, समुदायभित्रैबाट कोरोना सर्नुले अवस्था भयावह हुनेमा उनको चिन्ता छ। यस्तो बेला परीक्षणको दायरा बढाउनुपर्नेमा मन्त्रालयले झन् घटाउँदै लगेकोमा उनले आक्रोश अनि चिन्ता छ। 

डा प्रधानले भने, ‘पहिले भारतबाट आएको व्यक्तिमा कोरोना थियो। अहिले समुदाय भित्रैबाट कोरोना सरेको छ। पहिले संक्रमितमा लक्षण देखिएको थिएन। अहिले लक्षण देखिन थालेको छ। पहिले मृत्युदर कम थियो तर अहिले बढ्दै गएको छ। यस्तो बेला झन् परीक्षण घटाउनु जोखिमपूर्ण हुन्छ।’

स्वास्थ्य मन्त्रालय र यसको नेतृत्व गम्भीर हुनुको साटो हास्यास्पद अभिव्यक्ति दिँदै हिँडेको उनले बताए। उनी भन्छन्, ‘यदि यो साँचो हो भने मन्त्री र सचिवले दिएको अभिव्यक्ति निकै हास्यास्पद, केटाकेटीपन र दुर्भाग्यपूर्ण छ।’

प्लेन उडाउने क्याप्टेन नै भएन : डा बाबुराम मरासिनी
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा बाबुराम मरासिनी स्वास्थ्य मन्त्रालयले कोरोना नियन्त्रणमा धेरै कमजोरी गरेको बताउँछन्। 

सरकारले परीक्षण, कन्ट्याक्ट ट्रेसिङ र क्वारेन्टाइनलाई व्यवस्थित गर्नुपर्नेमा त्यसो गर्न नसकेको उनले बताए। मन्त्रालयको यो सबैभन्दा ठूलो कमजोरी भएको उनको भनाइ छ। 

सरकारले यी सब कुरालाई व्यवस्थित गर्न नसक्दा नै संक्रमितको संख्या बढ्दै गएको उनी बताउँछन्। मन्त्रालयले गर्नुपर्ने सबै काम प्रदेश र स्थानीय सरकारले गरेको उनको भनाइ छ।  

डा मरासिनीले भने, ‘कन्ट्याक्ट ट्रेसिङ राम्रोसँग हुन सकेन। क्वारेन्टाइन व्यवस्थित भएन। कोही त्यत्तिकै भागे। सबैको परीक्षण नगरी घर पठाइयो। यस्तो गर्न हुन्नथ्यो। यो मन्त्रालयको कमजोरी हो।’

मन्त्रालयले आरडिटीमा ठूलो रकम खर्च गरे पनि त्यसबाट कुनै उपलब्धि नभएको उनले बताए। उनका अनुसार मन्त्रालयका नेतृत्वले कोरोना रोकथाम तथा नियन्त्रण अधिकारी नियुक्त गर्नुपर्ने थियो र सबै जिम्मा उनीहरुलाई दिनुपथ्र्यो।

उनी भन्छन्, ’प्लेन छ तर प्लेनलाई उडाउने क्याप्टेन चाहिँदैन र? यहाँ पनि भएको त्यही हो। सही क्याप्टेन नभएपछि जसलाई जे लाग्छ, त्यही निर्णय भएको छ।’ 

कसैलाई पूर्ण जिम्मेवारी नदिएसम्म कोरोना नियन्त्रण गर्न समस्या हुने उनको भनाइ छ।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७  १९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
म्यानमारलाई नेपालले दियो साढे तीन लाख डलर
‘एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्छ’ : ओली
काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी
सम्बन्धित सामग्री
म्यानमारलाई नेपालले दियो साढे तीन लाख डलर म्यान्मारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले म्यान्मारको मण्डले सहरको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित महामुनी पगोडा परिसरमा... सोमबार, फागुन ४, २०८२
यस्तो रहनेछ देशभरको मौसम गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा/हिमपात भइरहेको छ। सोमबार, फागुन ४, २०८२
निलकृष्ण–जशोदा सिटौला फाउण्डेशनद्वारा तिलबहादुर कार्की, जिबराम भण्डारीसहित विभिन्न व्यक्तित्व सम्मानित समारोहका क्रममा कार्कीलाई नगद ७२ हजार रुपैयाँसहित सम्मान प्रदान गरिएको हो । विगत दुई दशकदेखि अभिभावकविहीन तथा असहाय बालबालिकाको क्षे... आइतबार, फागुन ३, २०८२
ताजा समाचारसबै
म्यानमारलाई नेपालले दियो साढे तीन लाख डलर सोमबार, फागुन ४, २०८२
‘एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्छ’ : ओली सोमबार, फागुन ४, २०८२
काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी सोमबार, फागुन ४, २०८२
अफगानिस्तानमा करिब २३ लाख नागरिकलाई मानविय सहयोग आवश्यक : युनिसेफ सोमबार, फागुन ४, २०८२
गगन थापाद्वारा पाँच वर्षे डिजिटल रूपान्तरण मार्गचित्र सार्वजनिक, ४ खर्ब आइटी निर्यात र २ लाख रोजगारी लक्ष्य सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली प्रहारबाट सर्लाही पूर्वाधार विकास कार्यालयका सब-इन्जिनियर प्रमोद यादवको मृत्यु सोमबार, फागुन ४, २०८२
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
सुनको मूल्य बढ्यो आइतबार, फागुन ३, २०८२
टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज पनि तीन खेल हुँदै सोमबार, फागुन ४, २०८२
पशुपति क्षेत्रबाट उच्छृंखल गतिविधिमा संलग्न १३८ जना नियन्त्रणमा आइतबार, फागुन ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्