काठमाडौं– ‘इनफ इज इनफ’को प्रदर्शन सुरु हुनुअघि नै बालुवाटारबाट प्रहरीले जथाभावी धरपकड सुरु गरेको छ। बाटोमा स्वतन्त्रपूर्वक हिँडिरहेका बटुवाहरुलाई समेत प्रहरीले पक्राऊ गरेको छ।
प्रहरीले केहि अभियानकर्मीलाई नियन्त्रणमा लिएको छ। विवेकशील दलकी नेतृ रञ्जु दर्शनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले बालुवाटार भएर हिंड्न रोक लगाएको छ। सोहि बाटो भएर हिंड्ने केहि पैदलयात्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हाे।

कोभिड १९ को रोकथाम र नियन्त्रणमा सरकारी प्रभावकारीताको माग गर्दै अभियानकर्मी निरन्तर आन्दोलनमा छन्। सरकारसँग गरिएको सहमति कार्यान्वयन नभएको भन्दै युवाहरु अनसनरत छन्। १३ दिनदेखि जारी अनसनको सुनुवाई सरकारले नगरेपछि आन्दोलन पुनः बालुवाटारमा सुरु गरिएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।