सिन्धुपाल्चोक- सिन्धुपाल्चाेकस्थित नेशनल हाइड्रो पावरद्वारा पर्वदित् इन्द्रावती तेश्रो जलविद्युत् आयोजनाको ड्याम साइडमा गएको भीषण पहिरोको कारण आयोजनाको उत्पादन ठप्प भएको छ। पाँचपोखरी थाङपाल ८ तिपेनीमा रहेको ७.५ मेगावाट उत्पादन क्षमता भएको उक्त आयोजनाको ड्याममा गएराति २ बजेतिर पहिरो खसेको थियो।
पहिरोले आयोजनाको सुरुङ मार्गको मुख्य गेट, फ्लसिङ सिस्टम (पोखरीबाट बालुवा फाल्ने) तथा पोखरीलाई पूर्ण क्षति पुर्याएको छ। पहिरोले तिपेनीबजार तथा पहिरोमाथिको मानव बस्तीसमेत जोखिममा परेको छ।

निरन्तरको वर्षा तथा पाँचपोखरी पर्यटन मार्गको निर्माण र बिस्तारको कारण उक्त क्षेत्रमा यसअघि पनि पहिरो खस्दै आएको थियो। पहिरोको कारण सवारीसाधन तथा मानिसहरूको आवतजावत समेत बन्द भएको छ। उक्त स्थानमा वैकल्पिक बाटोसमेत नहुँदा सयौँ मानिस बाटोमै अलपत्र परेका छन्।
पहिरोको कारण अलपत्र मानिसको उद्धार तथा अवरुद्ध बाटो खुलाउन तत्कालका लागि पर्ने पाँचपोखरी थाङपाल गाउँपालिकाकाअध्यक्ष टासी लामाले जानकारी दिए।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।