प्रतीकात्मक तस्बिर
एजेन्सी- कुवेतले नेपाली नागरिकलाई प्रवेशमा राेक लगाएकाे छ। काेराेना भाइरसकाे महामारीका कारण कुवेतले नेपालसहित विभिन्न देशका नागरिकाे प्रवेशमा राेक लगाएकाे हाे।
नेपालसँगै भारत, पाकिस्तान, बंग्लादेश, श्रीलंका, ईरान फिलीपिन्सका नागरिकलाई कुवेत प्रवेशमा राेक लगाएकाे बिबिसी हिन्दीले उल्लेख गरेकाे छ। कुवेत सरकारले बिहीबार यस्ताे घाेषणा गरेकाे हाे।
पछिल्लाे करिब साढे तीन महिनादेखि बन्द रहेकाे कुवेतकाे अन्तर्राष्ट्रिय विमान सेवा अगस्ट १ तारिखदेखि सुरु हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।