काठमाडौं- बिहीबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) भदौ १ भित्र विद्यालय पुगिसक्न सबै शिक्षकलाई सरकारको निर्देशन, क्वारेन्टाइन संचालन भएका विद्यालय निर्मलीकरण गरिने, अब कुनै पनि विद्यालयमा क्वारेन्टाइन नबनाइउने
२) कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको पुष्टि, ५२ पुगे मृतक, काठमाडौं उपत्यकामा ४५सहित नेपालमा थप २७४ जनामा कोरोना संक्रमण
३) नेटवर्किङ व्यवसायबाट आफूहरु नै ठगिएकाले तत्काल बन्द गर्न सांसदहरुको माग, इजाजत पाएका कम्पनीको कारोबार बन्द गरी नयाँ कम्पनीलाई इजाजत नदिन संसदीय समितिको निर्देशन
४) अफगान शान्तिवार्ता नयाँ चरणमा प्रवेश, सरकार र तालिबानबीचको शान्तिवार्ता आगामी हप्ता शुरु हुने सम्भावना, तीन दिने युद्धबिराम घोषणा
५) र, इटालियन सिरि ए फुटबल च्याम्पियन युभेन्टस आफ्नो ३७औं खेलमा काग्लियारीसँग स्तब्ध, गोलविहीन हुँदा रोनाल्डोका लागि युरोपियन गोल्डेन बुट यात्रा कठिन
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।