जनकपुर- न्यायाधीशलाई काेराेना देखिएपछि उच्च अदालत जनकपुर र जिल्ला अदालत धनुषाले मुद्दाकाे सुनुवाई नगर्ने निर्णय गरेका छन्। उच्च अदालत जनकपुरका एक न्यायाधीशलाई बिहीबार काेराेना देखिएपछि मुद्दाको सुनुवाई नगर्ने निर्णय भएको हो।
मुख्य न्यायाधीश पुष्पराज काेइरालाकाे अध्यक्षतामा बसेकाे सर्वदलीय बैठकले लकडाउन अवधिमा हुने सेवाबाहेक अन्य सेवा साउन मसान्तसम्म बन्द गर्ने निर्णय गरेकाे छ।
उच्च अदालत बार एशाेसियसन, सरकारी वकिल र जिल्ला अदालत धनुषासँग छलफलपछि यस्ताे निर्णय गरिएकाे हाे। अब जिल्ला र उच्चमा बन्दी र काेभिडसम्बन्धी मुद्दामात्र सुनुवाई हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।