भक्तपुर– मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि भएको सांघातिक आक्रमणको विरोध गर्दै आज भक्तपुरका ३ वटा नगरपालिकाले काम ठप्प पारेका छन्।
मध्यपुर थिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले विज्ञप्ति जारी गर्दै प्रमुख श्रेष्ठमाथि आक्रमण गर्ने व्यक्तिलाई पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै आज दिनभर नगरपालिका र वडा कार्यालयको काम ठप्प पारेका हुन्।
मध्यपुर थिमि नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले ३ वटै नगरपालिकाले आक्रमणको विरोध गर्दै कामकाज ठप्प पार्ने निर्णयअनुसार आज दिनभर काम बन्द गरिएको बताए।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई ज्ञापन–पत्र बुझाउँदै आक्रमणकारीलाई कारबाही गर्न, नगरप्रमुख र नगरपालिकामा सुरक्षा व्यवस्था मिलाउन
समेत माग गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।