काठमाडौं- मन्त्रीपरिषदको बैठकले द्वन्द्वकालीन मुद्दाको छानबिन गर्न गठन भएको सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको आयोगलाई ७९ जना अस्थायी कर्मचारी भर्ना गर्न दरबन्दी स्वीकृत गरेको छ।
सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि केन्द्रमा ३५ र मुकामका २१ जना कर्मचारी भर्ना गर्न पाउनेछन्। बेपत्ता आयोगका लागि २३ राजपत्रांकित अस्थायी दरबन्दी मन्त्रीपरिषद्ले स्वीकृति दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।