काठमाडौं- नेपाल मेडिकल काउन्सिलको यसअघि चैतमा स्थगित भएको चिकित्सक नाम दर्ता लाइसेन्स परीक्षा भदौमा हुने भएको छ। काउन्सिलले लकडाउन खुलेपछि परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको हो।
काउन्सिलद्वारा सार्वजनिक तालिकाअनुसार भदौ ७ देखि १० गतेसम्म परीक्षा हुनेछ। परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसको सूचना प्रविधि भवनमा हुनेछ।
भदौ ७ गते बिडिएस र भदौ ८ ९ र १० गते एमबिबिएसको परीक्षा हुने तालिका सार्वजनिक भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।