काठमाडौं- नारायणगढ-मुग्लिन सडकमा सवारी साधन चलाएबापत अब सडक उपभोग दस्तुर तिर्नुपर्ने भएको छ।
मन्त्रीपरिषद्ले उक्त सडक मर्मत सम्भारका लागि स्रोत सुनिश्चित होस् भन्नका लागि रकम उठाउन अनुमति दिएको सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए।
उक्त सडकमा हलुका सवारी साधनले २५ र भारी सवारी साधनले ५५ रूपैयाँ प्रतिटिपका दरले सडक उपभोग दस्तुर बुझाउनुपर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।