काठमाडौं-मानव बेचबिखन तथा ओसारपसार मुद्धाका फरार प्रतिवादी धरान उपमहानगरपालिका-११ ठाडो सोलिङ बस्ने ३९ वर्षीय पुष्प परियारलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका-११ बाट मंगलबार पक्राउ गरेको हो।
परियारलाई आवश्यक अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।