• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

४ महिनादेखि बन्द होटल तथा रेष्टुराँ खुले

64x64
नेपाल लाइभ बिहीबार, साउन १५, २०७७  ०९:३८
1140x725

काठमाडौं-कोरोनाका कारण ४ महिनादेखि बन्द तारे तथा पर्यटकीय होटल र रेष्टुँरा आजदेखि खुलेका छन्।

सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि भन्दै चैत ११ गतेबाट लकडाउन जारी गरेसँगै बन्द होटल तथा रेष्टुँरा साउन १५ बाट खुलेका हुन्।

सरकारले केही दिन अगाडिमात्रै साउने १५ बाट होटल तथा रेष्टुँरा खोल्न दिने निर्णय गरेको थियो। यससँगै सबै सुरक्षा मापदन्ड लागू गर्दै होटल खुल्ला गरिएको एयरपोर्ट  होटलका सञ्चालक तथा होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले जानकारी दिए।
सुरक्षित तवरबाट कोरोना संक्रमण फैलन नदिने गरी सेवा सुरु गर्ने उनको भनाइ छ।

सरकारले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१९ मा मात्रै तारे र पर्यटकीय होटेलमा ३ हजार १ सय ४३ वटा बेड थपिएका छन्। नेपालमा सन् २०१८ मा तारे होटेलको कूल संख्या १२९ रहेकोमा २०१९ मा यो बढेर १३८ पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

सन् २०२० मा सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष घोषणा गरेको थियो। यसैलाई लक्षित गरी व्यवसायीले लगानी बढाएका थिए। त्यसैको प्रतिफलस्वरुप सन् २०१९ मा धेरै होटेल बनेका हुन्। सन् २०१८ मा पर्यटकस्तरीय होटेलको संख्या ११२५ रहेकोमा सन् २०१९ मा बढेर ११ सय ५१ पुगेका छन्। यसरी एक वर्ष अवधिमा थपिएका होटेलमा कुल ३ हजारभन्दा बढी बेड भएका छन्। 

यसअघि सन् २०१८ मा बेड संख्या ४० हजार ८ सय ५६ थियो। होटेलमा दैनिक औसत ५० प्रतिशत कोठा भरिदाँमात्र सञ्चालन खर्च उठ्छ। तर, नेपालका होटेलले फागुनपछि नै पाहुना पाएका थिएनन्।

नेपालको होटेल उद्योगमा पछिल्लो समय करिब ८१ अर्बको नयाँ लगानी आएको छ। केही समय अगाडि नेपाल पर्यटन बोर्डले गरेको एक अध्ययन अनुसार नयाँ आएका २ सय ७१ वटा होटेलमा मात्र ८१ अर्ब ३ करोड रुपैयाँको लगानी देखिएको थियो। यो रकम बोर्डले होटेलले सर्भेमा उपलब्ध गराएको विवरणका आधारमा निकालेको हो। भ्रमण वर्षलाई लक्षित गरी १ खर्बभन्दा माथिको नयाँ लगानी आएको व्यवसायीहरु बताउँछन्। त्यसमध्ये कतिपय होटेल अहिले पनि निर्माणाधीन छन्। तिनकाे काम कोरोना महामारीसँगै रोकिएको छ। 

व्यवसायीहरुका अनुसार अहिले होटेलले मात्र करिब १० लाख प्रत्यक्ष रोजगारी सिर्जना गरेको अनुमान छ। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपालको पर्यटन क्षेत्रमा होटल व्यवसायको एक प्रमुख स्थान छ। हालसम्म नेपालमा तारेस्तरका १३८ र पर्यटकस्तरका १ हजार १५१  गरी जम्मा १ हजार २ सय ८९ होटल छन्। ती  होटलमा रहेको बेड संख्या ४४ हजारभन्दा बढी छ। 

नेपाल होटल संघबाट प्राप्त तथ्यांकअनुसार नेपालमा यस व्यवसायमा करिब १४ खर्ब ३० अर्ब लगानी छ। होटल व्यवसायमा विभिन्न वाणिज्य बैंकहरुको ऋण लगानी १३ अर्ब ८७ करोड छ भने  होटलले तिर्ने मासिक ब्याज ५४ करोड ४४ लाख रहेको छ।

यस व्यवसायमा कार्यरत मजदूरको मासिक रुपमा तलब सुविधा वापत ८५ करोड २२ लाख खर्च हुने गरेको तथ्यांक छ। नेपालमा घरबहालमा लिएर सञ्चालित भएका होटलहरूले मासिक रूपमा १९ करोड ५७ लाख घरभाडा तिर्ने गरेका छन्। 

नेपालका होटलहरूको सन् २०१९ मा अकुपेन्सी ७५ प्रतिशत (पहिलो ८ महिनामा ७२ प्रतिशत, पछिल्लो ४ महिनामा ८० प्रतिशत) थियो। यस्तो अकुपेन्सी सन् २०१९ को जनवरीमा ५८ प्रतिशत, फेब्रुअरीमा २० प्रतिशत र मार्चमा ८२ प्रतिशत थियो। सन् २०२० को अवस्था हेर्दा जनवरीमा ५० प्रतिशत, फेब्रुअरीमा २० प्रतिशत र मार्च १५ सम्म २० प्रतिशतमात्र रहेको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

निर्माणाधीन दर्जनौं ठूला होटलको लगानी जोखिममा

कोभिड-१९ का कारण सञ्चालनमा रहेका होटलहरुमा १ खर्ब लगानी जोखिममा रहेको आँकलन भइरहेका बेला निर्माणाधीन होटलहरु अझै समस्यामा पर्ने अवस्था देखिएको छ। 

निर्माणका चरणमा पाँचतारे, चारतारेसहित डिलक्स रिसोर्टहरुमा सन् २०२० लाई केन्द्रित गरेर लगानी भएका थिए। अधिकांश होटलहरु सन् २०२१ को सुरुवात र सन् २०२० को मध्यसम्म ल्याउने तयारीमा थिए। नयाँ होटलहरुमा बैंकहरुको लगानी नै ४० अर्बभन्दा बढी रहेको छ। 

नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने लक्ष्य राख्दै निजी क्षेत्रलाई लगानी गर्न दुई वर्षअगाडि नै आह्वान गरेको थियो। सोही अनुसार साना र ठूला लगानीकर्ताले होटल क्षेत्रमा लगानी गरेका थिए। काठमाडौंसहित पोखरा, चितवन, भैरहवा, विराटनगर, नेपालगञ्ज क्षेत्रमा समेत सयौको संख्यामा होटलहरु निर्माणका चरणमा छन्। काठमाडौंमा अन्तिम चरणमा रहेको हायात प्यालेस गत अप्रिल महिनाबाटै सञ्चालनमा ल्याउने योजना थियो। तर कोभिड-१९ को असरबाट आगामी अक्टोबरसम्मका लागि लम्बिएको छ। 

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा उद्योग विभागमा ४६ वटा होटल तथा रेष्टुराँ दर्ता भएका छन्। दर्ता भएका होटलको कुल लगानी ११ अर्ब ५६ करोड रुपैयाँ रहेको छ। यी होटलले कुल १९ सय ९३ जनालाई रोजगारी दिने उल्लेख गरेका छन्। दर्ता भएका होटलमध्ये ६ वटा ठूला आकार छन्, मझौला ३० वटा र साना १० वटा रहेका छन्।  कुल होटलमध्ये ३८ वटा होटल शतप्रतिशत विदेशी लगानीका छन्।

होटल क्षेत्रमा अहिलेको बजार मूल्यअनुसार १० खर्ब लगानी रहेको अनुमान गरिएको छ।

चालु आर्थिक वर्षको आठ महिनासम्ममा होटलमा बैकिङ क्षेत्रको लगानी (कर्जा प्रवाह) १ खर्ब ६ अर्ब ९५ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा १७ दशमलव १ प्रतिशत अर्थात् १५ अर्ब ६५ करोड १६ लाख रुपैयाँले बढी हो। 

यो अघिल्लो आवको सोही अवधिको तुलनामा १७ दशमलव १ प्रतिशतले बढी हो। गत आर्थिक वर्ष २०७५/७६सम्म होटलमा बैंकको लगानी ९१ अर्ब ३० करोड रुपैयाँ थियो। जुन आव २०७४/७५को भन्दा ३५ दशमलब १ प्रतिशत अर्थात् २३ अर्ब ७१ करोडले बढी भएको राष्ट्र बैंकको तथ्यांक छ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  ०९:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने...
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी मंगलबार, कात्तिक ३, २०८३
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्