फाइल तस्बिर
काठमाडौं–‘इनफ इज इनफ’ अभियन्ताविरुद्ध सरकारको ज्यादती र कोभिड–१९ को फितलो व्यवस्थापनविरुद्ध आज काठमाडौंमा प्रदर्शन हुने भएको छ।
बिहान ८ बजे प्रदर्शनीमार्गमा प्रदर्शन हुन लागेको हो। सूचनाको हकको निवेदन दर्ता गर्न गृह मन्त्रालय पुगेका उनीहरूलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको थियो।
अभियानका तर्फबाट जारी विज्ञप्तिमा बुधबार हिरासतमा लिइएकाहरुलाई रातिको समयमा घिसारेर सडकमा फ्याँकिएको र निर्मम, अमानवीय र अपमानजनक व्यवहारसमेत गरिएको जनाइएको छ। अभियानले नेपाल प्रहरीको उक्त कार्यको निन्दा गर्दै मानव अधिकार र लोकतन्त्रको रक्षाका लागि आवश्यक पहल गर्न मानव अधिकारकर्मीहरुलाई आग्रह गरेको छ। दोषीलाई कारबाही गर्न पनि अभियन्ताहरुले माग गरेका छन्।
कोभिड १९ को संक्रमण नियन्त्रणमा सरकारी प्रभावकारीताको माग गर्दै अभियानकर्मी १२ दिनदेखि अनशनमा छन्। असार २२ मा सरकारसँग भएको सहमति कार्यान्वयन नभएपछि युवाहरू दोस्रो पटक अनशन बसिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।