एजेन्सी–कोरोना महामारीबाट विश्वभर संक्रमित हुनेहरुको संख्या १ करोड ६९ लाख नाघेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार कोरोनाबाट विश्वभर १ करोड ६९ लाख ४० हजार १ सय ७४ जना संक्रमित भएका हुन्। यस्तै, हालसम्म ६ लाख ६४ हजार ७ सय ४८ जनाको मृत्यु भइसकेको छ भने ९८ लाख ९८ हजार २ सय ६९ जना निको भइसकेका छन्।
सबैभन्दा बढी प्रभावित अमेरिकामा ४४ लाख १४ हजार ८ सय ३४ जना संक्रमित भएका छन् भने १ लाख ५० हजार ४ सय ४७ जनाको मृत्यु भएको छ। यस्तै, ब्राजिलमा २५लाख ५२ हजार २ सय ६५ संक्रमित र ९० हजार १ सय ३४ को मृत्यु, भारतमा १५ लाख ३१ हजार ६ सय ६९ संक्रमित र ३४ हजार १ सय ९३ को मृत्यु तथा रुसमा ८ लाख २७ हजार ५ सय ९ संक्रमित र १३ हजार ६ सय ५० को मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।