काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले सुनकोशी गाउँपालिका- ५ सिन्धुपाल्चोकका पूर्वजनमुक्ति सेनाका कम्पनी कमाण्डर नैन बहादुर तामाङ 'जमिन'लाई उपचारका लागि पहल गर्ने बताएका छन्।
बुधबार भएको भेटमा सभामुख सापकोटाले तामाङको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै थप उपचारका लागि आफ्नोतर्फबाट पहल गर्ने बताएका हुन्। जनयुद्धका घाइते तामाङ लामो समयदेखि क्यान्सरको उपचार गराइरहेका थिए।
सभामुख सापकोटाले पूर्वजनमुक्ति सेना तामाङको उपचारका लागि व्यक्तिगत रुपमा आर्थिक सहयोग समेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।