काठमाडौं- बुधबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) लिपुलेक, गुन्जी, नाभीगायतका क्षेत्र नेपाली भूभाग नै भएको तथ्यसहित भारतीय प्रशासनलाई पठाइयो पत्र, नेपाली भूमि भएकाले आवागमन गर्न पाउने व्यहोरा उल्लेख ।
२) उपत्यकामा १५ जनासहित बुधबार थप २१० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि, संक्रमितको संख्या १९ हजार २७३ पुग्यो, १४ हजार २१ जना संक्रमणमुक्त।
३) राष्ट्रिय योजना आयोगद्वारा बहुवर्षे ठेक्का स्वीकृतिसम्बन्धी मापदण्ड परिवर्तनको तयारी, कम लागतका र साना आयोजनालाई कडाइ, क्षेत्रगत थ्रेसहोल्ड तोकिने ।
४) कोरोनाविरुद्धको उपचारमा ‘हाइड्रोक्सि– क्लोरोक्विन’ प्रयोग गर्न ट्रम्पले पुनः दिए सुझाव, १४ दिनसम्म आफूले यो औषधि सेवन गरेको बताउँदै कुनै ‘साइड इफेक्ट’ नगरेको दाबी।
५) र, सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न बिहीबार वेस्ट इन्डिज प्रस्थान गर्ने, कोरियन चार्टर फ्लाइटबाट अमेरिका हुँदै वेस्ट इन्डिज अगस्ट १ तारिखमा पुग्ने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।