काठमाडौं– नेपाल प्रहरीका प्रवक्तामा वरिष्ठ उपरीक्षक कुवेर कडायत नियुक्त भएका छन्।
यसअघिका प्रवक्ता निरज शाहीको बढुवा भएपछि कडायतलाई नयाँ प्रवक्ता बनाइएको हो। गृहमन्त्रालयले शाहीलाई एआइजीमा बढुवा सिफारिस गरेको थियो।
गत वैशाखमा कडायत एसपीबाट एसएसपीमा बढुवा भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।