• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

चेपाङ बस्तीको आगलागीमा प्रयोग भएको तस्वीर भुटानी शरणार्थी शिविरको

दीपक अधिकारी बुधबार, साउन १४, २०७७  १५:५०
1140x725

काठमाडौं- गत साउन ३ गते चितवनस्थित राष्ट्रिय निकुञ्जको एक टोलीले जिल्लाको माडी नगरपालिका–९, कुसुमखोलाको चेपाङ बस्तीका घर भत्काएको थियो। निकुञ्जभित्र अवैध रुपमा बसोवास गरेको आरोप लगाउँदै हात्तीसहित पुगेको टोलीले आदिवासी चेपाङ समुदायका मानिसका आठ घर ध्वस्त पार्नुका साथै दुई घरमा आगो लगाएको विवरण प्रकाशित भएका छन्।

उक्त घटनाको व्यापक विरोध भएको थियो। उक्त विषयमा संसदको कानुन तथा मानवअधिकार समितिमा जवाफ दिँदै वनमन्त्री शक्ति बस्नेतले गोठमा आगजनी भएको बताएपछि सामाजिक सञ्जालमा त्यसको समेत व्यापक आलोचना भएको थियो। घटना भएको दुई दिनपछि चेपाङ बस्तीमा भएको आगजनीको तस्बिर भन्दै सामाजिक सञ्जालमा व्यापक रुपमा शेयर गरिएको थियो। आगाेकाे लप्कामा जलिरहेको बस्ति देखाइएका ती तस्बिरलाई ट्वीटर, फेसबुक प्रयाेगकर्ताले शेयर गरेका थिए भने केही अनलाइनले प्रकाशित गरेका थिए।

पूर्व पत्रकार पदम गौतमले बेलायती लेखक जर्ज अरवेलको चर्चित कृति ‘एनिमल फार्म’ को सन्दर्भ झिक्दै उक्त फोटो ट्वीट गरेका थिए। त्यसैगरी ६ हजारबढीले ट्वीटरमा पछ्याएका लेखक तथा राजनीतिकर्मी केशव दाहालले उक्त फाेटाेमा अर्काे फोटोसहित यस्तो ट्वीट गरेका थिए, ‘गरीबका घर जलाउँछौ कसरी समाजवाद बनाउँछौ?’

सोही दिन ६० हजारभन्दा बढी फलोअर्स भएको ‘क्युटी सम्जना’ नामक ट्वीटर अकाउन्टबाट आगलागीका ४ तस्बिरसहित यस्तो ट्वीट गरिएको थियाे, ‘सर्वहारा वर्गको पार्टी भन्थे कम्युनिस्टलाई तर चितवन माडितिर यो वर्षामा पानी परिरहेको बेला सुकुम्वासी र चेपाङको झुप्रोमाथि आगो लगाइएछ। शायद साम्यवाद अब आउँछ होला। यो सरकार केपी र पिकेलाई के भन्ने? नेपाली शब्द भण्डारमा यिनीहरुलाई भन्ने कुनै शब्द छ?’ 

चितवनको माडीस्थित सुकुम्वासी बस्तीमा लागेको आगोको तस्बिर भन्दै सफल खबरलगायतका अनलाइनले पनि उक्त तस्बिर प्रकाशित गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

तथ्य जाँच
गुगलको रिभर्स इमेज सर्च, यान्डेक्स, टिनआईलगायतका अनलाइन साधन प्रयाेग गरी यस तस्बिरबारे खोजी गर्दा उक्त तस्बिर भुटानी शरणार्थी शिविरमा भएको आगजनी भनी सबैभन्दा पहिला अवना नामक दातृ संस्थाले आफ्नो वेबसाइटमा ‘फायर ब्रेक्स आउट इन भुटनिज रेफ्युजी क्याम्प’ भन्दै मार्च २०११ मा प्रकाशित गरेको पाइयो। ग्लोबल पोस्ट इन्फो नामक भुटानी शरणार्थीसम्बन्धी समाचार प्रकाशित गर्ने अनलाइनले पनि डिसेम्बर २०१७ मा १० वर्षअघि गोलधाप शरणार्थी शिविरमा भएको आगलागी भन्दै उक्त तस्बिर प्रकाशित गरेको पाइयाे।

हामीले कुरा गरेका भुटानी शरणार्थीले सो फोटो शिविरमा भएको आगजनीको हुनसक्ने बताएपनि कहिले र कुन शिविर (अमेरिकालगायतका पश्चिमा देशमा शरणार्थीको पुनर्वास भएपछि हाल सातमध्ये दुई शिविरमात्र बाँकी छन्) मा भएकाे आगलागी हो भन्ने यकीन हुन सकेन। घना बस्ती भएका ती शरणार्थी शिविरमा वर्षेनी आगाे लाग्ने गरेता पनि उक्त तस्बिर त्यहीँको हो भन्ने ठोकुवाका साथ भन्न सकिएन।

त्यसैगरी भारतको जयपुरबाट निस्कने पत्रिका नामकाे हिन्दी समाचारपत्रकाे अनलाइनमा पनि ‘अग्निदेव ने छीन ली गरीब की झोपडी’ शीर्षक समाचारमा १३ जनवरी २०१६ मा उक्त तस्बिर प्रकाशित गरिएको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083
  • नझुक्किनुस्, दार्चुलाकाे भनिएकाे पहिराेकाे त्याे तस्बिर पेरुकाे हाे 

चितवनको माडीबाट सञ्चालन हुने स्वेदश एफ एमको फेसबुक पेजमा उक्त एफएमको लोगोसहित प्रतिकात्मक तस्बिर भनेर सबैभन्दा पहिला शेयर गरिएको थियो। सोही तस्बिरलाई ‘क्युटी सम्जना’लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताले शेयर गरेका थिए।

चितवनकाे चेपाङ बस्तीमा गत साउन ३ गते भएको आगलागीको भन्दै सामाजिक सञ्जालमा शेयर गरिएको उक्त तस्बिरलाई भ्रम फैलाउन प्रयाेग गरिएकाे छ। उक्त तस्बिर केही वर्षअघिदेखि नै प्रयोगमा आएकाले त्यसलाई हालसालैकाे भनी प्रसारण गर्नु गलत ठहर्छ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  १५:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको कोलाहल र... शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद् विनोद पोखरेलले सामाजिक सञ्जालमा लेख्दै आगामी बुधबारदेखि आइतबारसम्म हुने वर्षाका क्रममा केही स्थानमा २०० मिलिमिटरभन्दा बढी प... शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा विगतमा देशमा भएका राजनीतिक परिवर्तनमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रचण्डले वर्तमान परिस्थितिमा थप गम्भीर... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्