नयाँ दिल्ली- भारतमा काेराेना संक्रमितकाे संख्या १५ लाख नाघेको छ। गत २४ घण्टामा भारतका ४८ हजार ५१३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल संक्रमितकाे संख्या १५ लाख ३१ हजार ६६९ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ।
भारतमा गत २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ७६८ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३४ हजार १९३ जना पुगेको छ। सरकारी अधिकारीहरुका अनुसार भारतमा कोरोना भाइरस संक्रमित मध्ये ९ लाख ८८ हजार २९ व्यक्ति निको भएर फर्किएका छन्।
हाल भारतमा ५ लाख ९ हजार ४४७ जना कोरोना भाइरस संक्रमित अवस्थामा रहेका छन्।
(रासस-सिन्हवा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।