फाइल तस्बिर
काठमाडौं– 'इनफ इज इनफ'का पाँच अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सूचनाको हकको निवेदन दर्ता गर्न गृह मन्त्रालय पुगेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको ‘इनफ इज इनफ’का अभियानकर्मीले सामाजिक सञ्जालमार्फत् जनाएका छन्।
पक्राउ परेकाहरूलाई प्रर्दशनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा राखेको बताइएको छ। कोभिड १९ को संक्रमण नियन्त्रणमा सरकारी प्रभावकारीताको माग गर्दै अभियानकर्मी १२ दिनदेखि अनशनमा छन्। असार २२ मा सरकारसँग भएको सहमति कार्यान्वयन नभएपछि युवाहरू दोस्राे पटक अनशन बसिरहेका छन्।
प्रहरीले नियन्त्रणमा लिएका पाँचै जनाले महेन्द्र पुलिस क्लबमै अनसन बसेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।