प्रतीकात्मक तस्बिर
कालीकाेट- कालीकाेटमा पहिराेमा परी ४ जनाकाे मृत्यु भएकाे छ। मंगलबार राति खसेको पहिरोले कालीकोटको नरहरिनाथमा एकै परिवारका ४ जनाको मृत्यु भएको हाे। पहिरोमा परी दुई बालक बेपत्ता भएका छन्।
प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेका अनुसार नरहरिनाथ– ७ माल्कोट बागामा पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ जनामध्ये ४ जनाको शव भेटिएको छ। राति सुतिरहेका बेला पहिरोमा पुरिएका माल्कोट बागाका ६२ वर्षीय गंगे बुढा, उनकी ६१ वर्षीया पत्नी नैना, बुहारी २४ वर्षीया कुशा, नातिनी १० वर्षीया चन्द्रिकाकाे शव निकालिएको उनले जानकारी दिए।
७ वर्षीय रामबहादुर बुढा र डेढ वर्षका चरित्र बुढा बेपत्ता छन्। त्यस्तै नरहरिनाथ गाउँपालिका वडा नम्बर ४ माझगोठीमा पहिरोमा परेर दुई जना बेपत्ता भएका छन्। पहिरोमा ७० वर्षीय बाले बुढा र उनकी पत्नी ६५ वर्षीया मना बुढा बेपत्ता भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।