• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ३०, २०८३ Tue, Sep 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

ओम्नीसँगको मेडिकल सामग्री खरिदबारे सार्वजनिक खरिद अनुगमनका प्रश्नैप्रश्न [रिपोर्टसहित]

64x64
उत्तम काप्री मंगलबार, साउन १३, २०७७  २२:४९
1140x725
ओम्नी ग्रुपले नेपालमा ल्याएका मेडिकल सामग्री। तर सेटिङ गरी महँगोमा ल्याइएको भन्दै स्वास्थ्य सेवा विभागले ओम्नीसँगको ठेक्का रद्द गरेको थियो।

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले कोरोना उपचारका लागि भन्दै ओबिसिआई (ओम्नी ग्रुप)सँग खरिद गरेको मेडिकल सामग्री खरिद प्रक्रियामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले कानुनविपरीत भन्दै प्रश्न उठाएको छ। 

अनुगमन कार्यालयले खरिद प्रक्रिया कानुनसम्मत नरहेको ठहरसमेत गरेको छ। संसद्‍को सार्वजनिक लेखा समितिले खरिद अनुगमन कार्यालयलाई विभागले ओम्नी ग्रुपसँग मेडिकल सामग्री खरिदमा भएको कमजोरीका विषयमा अध्ययन गरिदिने आग्रह गर्दै पत्राचार गरेपछि अनुगमन कार्यालयले अध्ययन गरेको हो। समितिको पत्राचारपछि कार्यालयले अनुसन्धान निर्देशक सुवासचन्द्र शिवाकोटीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेर अध्ययन गरेको हो। 

अध्ययन समितिले ओम्नीसँगको मेडिकल सामग्री खरिद प्रक्रिया नै कानुनविपरीत भएको निष्कर्ष निकालेको हो। समितिले खरिद प्रक्रियामा भएको कमजोरीका विवरण उल्लेख गर्दै कार्यालयमा प्रतिवेदन पेस गरेको थियो। कार्यालयले सोही निष्कर्षको रिपोर्ट संसद्‍को सार्वजनिक लेखा समितिमा पेस गरिसकेको छ।

समितिले तयार पारेको रिपोर्टमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालकै प्रमुख आतिथ्यतामा भएको छलफलले मन्त्री ढकालकै प्रमुख सल्लाहकार डा. खेम कार्कीको संयोजकत्वमा समिति गठन हुनु नै कानुन विपरीत रहेको ठहर गरेको छ। रिपोर्टमा मन्त्रीका सल्लाहकार कार्कीलाई खरिद प्रक्रियाको वार्ता टोलीको संयोजक बनाउने काम सार्वजनिक खरिद ऐन विपरीत रहेको उल्लेख छ।

अनुगमन कार्यालयको टोलीले खरिदका क्रममा मूल्यांकन समिति गठन गैरकानुनी भएको र मूल्यांकन समेत नभएको देखिएकाले त्यसलाई कानुनसम्मत मान्न नसकिने निष्कर्ष निकालेको छ। कार्यालयले ‘खरिद प्रक्रियामा जिम्मेवार हुनुपर्ने स्वास्थ्य सेवा विभागका प्रमुखलाई पन्छाएर मन्त्रीका सल्लाहकारलाई संयोजक बनाउने काम कानुनविपरीत रहेको ठहर गरेको हो।

‘खरिद प्रक्रियामा कार्यालय प्रमुख नै संयोजक हुने व्यवस्था छ। विशेष परिस्थितिको खरिद प्रक्रियामा पनि त्यही प्रावधान लागू हुनुपर्छ,’ रिपोर्टमा भनिएको छ, ‘खरिद प्रक्रियामा संलग्न भएका मन्त्री ढकाल, मन्त्रालयका तत्कालीन सचिव यादव कोइरालालगायत मन्त्रीका सल्लाहकार डा. कार्कीको भूमिकामाथि प्रश्न उठ्नु स्वभाभिक हो।’

सार्वजनिक खरिद ऐन र नियमावलीमा लागत अनुमान तयारी गरी स्वीकृत गर्ने र खरिद विधि छनोट गरी निर्णय गर्नुपर्ने व्यवस्था स्पष्ट रुपमा लेखिएपनि मेडिकल सामग्री खरिदको प्रक्रिया त्यो विपरीत भएको अनुगमनको ठहर छ।

‘१० लाख रुपैयाँभन्दा बढीको खरिदमा सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सूचित गर्नुपर्ने व्यवस्था भएपनि त्यसको पालनासमेत नभएको कार्यालयको निष्कर्ष छ। साथै छानबिनबाट खरिद गर्दा आवश्यक सामानको विवरण र लागत अनुमान गर्ने काम कानुनअनुसार हुनुपर्नेमा सोसमेत नभएको फेला परेका छ।

Ncell 2
Ncell 2
nimb
nimb

कार्यालयले समितिलाई बुझाएको रिपोर्ट नेपाल लाइभले प्राप्त गरको छ। प्राप्त रिपोर्टमा देखिएका समस्याहरु यस्ता छन्
१. सार्वजनिक खरिद ऐन, २०६३ को दफा ७ अनुसार प्रचलित खरिद ऐन र नियमावलीको व्यवस्था अनुसार खरिदको जिम्मेवारी सम्बन्धित सार्वजनिक निकायको प्रमुखको हुने हुँदा विशेष परिस्थितिको खरिद गर्दा पनि प्रक्रियाको पालना सोही सीमामा रही गर्नुपर्ने भएपनि सो अनुसार नभएको।

२. खरिद गर्दा आवश्यकताको विवरण तयार गर्ने र लागत अनुमान तयार गर्ने कार्य प्रक्रियासम्मत तवरबाट गरी स्वीकृत भएको हुनुपर्नेमा सो प्रक्रिया अवलम्बन नगरिएको।

३. विशेष परिस्थितिमा खरिद गर्दा बोलपत्र वा प्रस्तावको लागि आवश्यक समयावधि दिने गरी खरिद विधि छनौट गर्नुपर्ने र अन्य प्रक्रिया खरिद कानूनअनुसार नै हुनुपर्ने भएपनि पालना नभएको।

४. माथिको व्यहोराहरुमा गरिएको विश्लेषण अनुसार यस खरिदमा सार्वजनिक खरिद ऐन र नियमावली अनुसार पूर्ण रुपमा खरिद प्रक्रिया पालना भएको छैन।

५. विशेष परिस्थितिको यस खरिद प्रक्रियासँग सम्वन्धित अन्य विषयवस्तुमा सम्वन्धित सार्वजनिक निकायबाटै प्रष्ट हुन उपयुक्त हुने देखिन्छ। अन्य विषय वस्तुहरुमा सामयिक लेखा परीक्षण गरी स्पष्ट हुन उपयुक्त हुने देखिन्छ।

ओम्नीसँगको खरिद प्रक्रिया 
विवादमा आएको मेडिकल सामान खरिद प्रकरणमा जोडिएको ओम्नी ग्रुप (ओबिसिआई)सँग सरकारले चैत १२ गते तीन घण्टाको अवधिमा नै खरिद सम्झौता गरेको थियो।

सामान खरिदको तयारी ३ महिना अगाडिबाटै गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त प्रक्रिया रद्द गर्दै लकडाउनका बेला हतारमा ओम्नीसँग सम्झौता गरेको थियो। यसरी हतारमा सम्झौता हुनुमा कोरोना संक्रमण रोकथाम उच्चस्तरीय समिति, स्वास्थ्य मन्त्रालयको नेतृत्वसँगै प्रधानमन्त्री केपी ओलीका सल्लाहकार समूहका केही सदस्यको सक्रिय संलग्नताले खरिद प्रक्रियामा शंका उत्पन्न भएको थियो।

जनवरी २३, २०२० मा नेपालमा पहिलो कोरोना संक्रमित भेटिएपछि कोरोना संक्रमण रोक्न आवश्यक मास्क, स्यानिटाइजरलगायतका मेडिकल सामानको अभाव भएको विषयमा छलफल भएको थियो। तर, सरकाले त्यसताका सामग्री खरिद गर्न कुनै चासो दिएको थिएन। 

विश्व स्थास्थ्य संगठनले नेपाल पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको मुलुक भन्दै रिर्पोट सार्वजनिक गरेपछि मेडिकल सामग्री खरिद गर्न सरकारले केही सक्रियता देखाएको थियो। नेपालमा पहिलो संक्रमितको पहिचान भएको दुई सातापछि माघ २५ मा कोरोनाको उपचारका र जोखिम न्यूनीकरणका लागि भन्दै मेडिकल सामग्री खरिद प्रक्रिया थालनी भएको थियो। त्यतिबेला १९ मेडिकल व्यवसायीसँग मेडिकल सामग्री खरिदका लागि भन्दै कोटेसन मागिएको पनि थियो। तर प्रक्रिया थप अगाडि बढेन।

फागनु १९ मा प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनु अगाडि रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोरोना जोखिम न्यूनीकरणका लागि आवश्यक काम गर्ने सक्ने अधिकार दिँदै उच्चस्तरीय समिति गठन भयो। त्यही समिति गठन भएसँगै कोरोना संक्रमण रोक्न खरिद गरिने मेडिकल सामानमा सेटिङ शुरु भएको थियो।

समितिमा अधिकांश मन्त्री तथा नेपाल सरकारका मुख्य सचिवलाई समेत राखियो। समितिमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि थिए। समितिले आफ्नो काम सुरु गर्‍यो। तर, कामसँगै मेडिकल सामानका लागि व्यवासायीसँग मागेको कोटेसनमा भने स्वास्थ्यमन्त्री ढकाल र रक्षामन्त्री पोखरेलले कुनै काम अगाडि बढाएनन्। एकाएक चैत ६ मा विगतको उक्त प्रक्रिया खारेज गरियो।

सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि चैत ११ गते बिहान ६ बजेबाट लागू हुने गरी लकडाउनको घोषणा गर्‍यो। लकडाउनको घोषणासँगै मेकिडल सामान खरिदका लागि पहिलो भएको सूचना रद्द गरेको स्वास्थ्य सेवा विभागले ११ गते २४ घण्टाको समय दिँदै व्यवसायीलाई छलफलमा बोलाएको थियो।

विभागकै महानिर्देशकले मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा भनेअनुसार उक्त समयमा ६ वटा आयातकर्ता कम्पनी छलफलमा उपस्थित भएका थिए। तर उनीहरूलाई थप प्रक्रियामा सामेल गराइएन। छलफलमा सहभागीलाई थप ३ घण्टाको समय दिइएको थियो। तर ६ वटै आयातकर्तासँग सामाग्रीको मूल्यको कोटेसन मागेर सरकारले ओबिसिआईलाई एकलौटी रुपमा ठेक्का दिएको थियो।

सरकारले १ करोड ३ लाख ९० हजार ४ सय अमेरिकी डलर बराबरको मेडिकल सामाग्री गर्न एक कम्पनीसँग सम्झौता गरेको र सोहीअनुसार आइतबार नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टरमार्फत् केही सामाग्री ल्याएको थियो।  सरकारले आयातकर्ताहरूले प्रस्ताव नगरेकाले हतारमा निर्णय गर्नु परेको दाबी गरेपनि आयातकर्ताहरूको संगठनले नै सरकारले झुटो बोलेको भन्दै आवश्यक प्रमाण आफूहरूसँग रहेको बताउँदै संस्थागत रुपमा विज्ञप्तिसमेत आएको थियो। यसरी भएको खरिद प्रक्रिया प्रधानमन्त्री केपी ओलीदेखि सबै मन्त्रीले बचाउ गर्दै आएका थिए। उक्त विषयमा अहिले संसदको सार्वजनिक लेखा समिति र अख्यितार दुरुपयोग अनुसन्धान विभागले समेत छानबिन गरिरहेको छ।

यस्तो छ खरिद अनुगमन कार्यालयले बुझाएको रिपोर्टको पूर्णपाठ

 

प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७  २२:४९
  • #मेडिकल-सामग्री-खरिद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
सेयर बजार सुधारका लागि सरकारले ल्यायो २१ बुँदे कार्ययोजना सरकारले सेयर बजारको सुधार तथा पुनरुत्थानका लागि २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना’ जारी गरेको छ। मंगलबार, भदौ ३०, २०८३
नेपाललाई भारतले दैनिक ६५४ मेगावाट विद्युत् दिने भारतका नेपालस्थित राजदूत नवीन श्रीवास्तवले सामाजिक सञ्जालमार्फत भारतले नेपालको विद्युत् आवश्यकता पूरा गर्न ६५४ मेगावाट विद्युत् निर्... मंगलबार, भदौ ३०, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
नेपालका बाढीपहिरो प्रभावितको उद्धार र पुनर्निर्माणका लागि अमेरिकासँग सहयोग माग मंगलबार, भदौ ३०, २०८३
सेयर बजार सुधारका लागि सरकारले ल्यायो २१ बुँदे कार्ययोजना मंगलबार, भदौ ३०, २०८३
रुसविरुद्धको युद्धमा नेटोले युक्रेनलाई सहयोग गर्ने मंगलबार, भदौ ३०, २०८३
नेपाललाई भारतले दैनिक ६५४ मेगावाट विद्युत् दिने मंगलबार, भदौ ३०, २०८३
मुख्य राजमार्गमा अवरोध, रसुवा–धादिङमा पूर्ण बन्द मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
विशेष महाधिवेशन स्वीकार नगर्न बादललाई ओलीको फोन, एमाले पुनर्गठन कार्यदलको बैठकमा चर्काचर्की सोमबार, भदौ २९, २०८३
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सोमबार, भदौ २९, २०८३
आईसीयूमा अन्तर्वार्ता विवाद चर्किएपछि प्रेस काउन्सिलको छानबिन, सुरजसिंह ठकुरीसहित तीन निकायलाई पत्र सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्