काठमाडौं- मंगलबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) ओलीले एकतर्फी रूपमा बैठक स्थगित गर्नु उचित नभएको नेकपाका बहुमत स्थायी कमिटी सदस्यहरूको निष्कर्ष, ओलीसँग छलफल गरी पुनः बैठक शुरु गर्ने जिम्मेवारी प्रचण्डलाई।
२) काठमाडौं उपत्यकामा ५३ जनासहित नेपालमा थप ३११ जनामा कोरोना भाइरस संक्रमण, संक्रमितको संख्या १९ हजार ६३ पुग्यो, १३ हजार ८७५ जना उपचारपछि निको ।
३) कानुनविपरीत नेटवर्किङ धन्दा भइरहेको वाणिज्य विभागद्वारा स्वीकार, केही कम्पनीको गतिविधि शंकास्पद लागेपछि विभागद्वारा स्पष्टीकरण माग, आवश्यक परे कारबाही थाल्ने चेतावनी ।
४) मलेसियाका पूर्वप्रधानमन्त्री रजाक भ्रष्टाचार मुद्दामा दोषी ठहर, सरकारी कोषबाट १ करोड डलर आफ्नो खातामा सारेको अभियोग, १५ देखि २० वर्ष कारागार हुन सक्ने ।
५) र, क्यारेबियन प्रिमियर लिग टी २० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक, उद्घघाटन खेल अगस्ट १८ मा, फाइनल खेल १० सेप्टेम्बरमा ब्रायन लारा क्रिकेट एकेडेमीमा हुने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।