तदर्थ समितिका प्रमुख नेत्र तिम्सिना
काठमाडौं– आर्थिक अनियमितता गरेको ठहरसहित सरकारले रेडक्रसको पदाधिकारी भंग गरेको छ। नियमित अधिवेशन गर्नै नसकेको सञ्जीव थापाको नेतृत्वमा रहेको कार्यसमितिलाई मंगलबार भंग गरी तदर्थ समिति गठन गरिएको छ।
मोरङका नेत्र तिम्सिना प्रमुख हुनेगरी ३४ सदस्यीय तदर्थ समिति गठन गरिएको छ। उपमहामन्त्रीको एक पद भने खाली राखिएको छ। समाज कल्याण परिषद् मातहत रहेको परोपकारी संस्थामा महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले दलीय भागबण्डामा पदाधिकारी चयन गरेका हुन्।
थापा नेतृत्वमा रहेको विघटित कार्यसमितिमा महाधिवेशनबाट निर्वाचित कांग्रेस समर्थितको बाहुल्यता थियो। तदर्थ समितिमा सत्तारुढ दलको निकट सभापतिसहित बहुमत संख्या राखिएको छ। उपाध्यक्ष विश्वकेशर मास्के कांग्रेस निकट हुन्। महामन्त्री बनेका पिताम्बर अर्याल विवादित व्यक्ति भएको बताइएको छ।
थापाको कार्यसमितिले विदेशी सहयोगको खर्च गर्दा सरकारसँग अनुमति नलिएको सरकारद्वारा गठित जाझबुझ आयोगले ठहर गरेको थियो। साथै, भक्तपुरमा गोदामघर जग्गा खरिद र रक्तसञ्चार भवनमा बनाउँदा आर्थिक अनियमितता भएको छानविन समितिले जनाएको थियो। यसअघि गठन भएका विभिन्न छानविन समितिको आधारमा सरकारले थापा नेतृत्वको कार्यसमिति भंग गरेको हो।
नवगठित तदर्थ समितिलाई महाधिवेशन गर्ने कार्यादेश कहिलेसम्म भन्ने यकीन गरिएको छैन।
नवगठित तदर्थ समितिको नामावलीः

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।