दार्चुला- दार्चुलाको दुहु गाउँपालिका ३ स्थित सल्लेखेतीमा मंगलबार बिहान पहिरोमा परी बेपत्ता भएका दुई जनाको शव भेटिएको छ। घरको माथिबाट पहिरो खस्दा एकै परिवारका दुई जना बेपत्ता भएका थिए।
सल्लेखेतीका ५० वर्षीय रामदत्त जोशी र उनकी श्रीमती ४५ वर्षीया इन्द्रा जोशीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए। पहिरोमा १ भैंसी र ४ बाख्रा पनि पुरिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।