काठमाडौं- अख्तियार दूरूपयोग अनुसन्धान आयोगले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी विश्वनाथ प्रसाद लोध र मतियार महेन्द्रप्रसाद यादवलाई नियन्त्रणमा लिएको छ।
उनीहरूले जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने प्रयोजनका लागि सेवाग्रहीसँग घुस/रिसवत मागेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दूरूपयोग अनुसन्धान आयोगको कार्यालय‚ बुटवलबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
अख्तियारको टोलीले उनीहरूलाई ४ लाख घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा सो रकमसहित सेञ्चुरी कमर्सियल बैंक लिमिटेड‚ शाखा कार्यालय भैरहवाको कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो। उनीहरूलाई नियन्त्रणम लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।