डोटी– शिक्षा क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्व र चनुकांडा आधारभूत विद्यालय, बोगटानमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई देव भगवती देवा बम शिक्षा पुरस्कारद्वारा सम्मानित गरिएको छ। शिक्षासेवी, शिक्षक, अभिभावक र विद्यार्थी गरी १५ जनालाई सम्मान गरिएको हो।
उक्त पुरस्कार ‘द युनियन’का एशिया प्यासिफिक क्षेत्रीय कार्यालयका उपनिर्देशक डा तारासिंह बम र श्रीमती प्रमिला बमले आफ्ना बुवा स्वर्गीय देवबहादुर बम र आमाहरु भगवती र देवा बमका नाममा उक्त पुरस्कार स्थापना गरेका हुन्।


शैक्षिक सत्र २०७४ मा यस विद्यालयबाट छात्रा मध्येमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने पुष्पा धानुक, कक्षा ६ मा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने श्याम नेपाली, कक्षा ४ मा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विनोद बम, कक्षा ७ मा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने दिपक विठारी र कक्षा ८ मा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने प्रकाश चन्दलाई पुरस्कृत गरिएको छ। यसैगरी कक्षा ५ मा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने गुमा बम, कक्षा ६ मा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने पुष्कर बम, कक्षा ७ मा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने पानमती साउद र कक्षा ८ मा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने राम विक पनि पुरस्कृत भएका छन्।
यसैगरी डा बमको शैक्षिक उन्नतीका लागि कुशल अवभिभावकको भूमिका निभाउने मिन बहादुर बम र जोगी भुललाई सम्मान गरिएको छ। आफ्ना बालबालिकाको शैक्षिक उन्नतीका लागि कुशल अभिभावकको भूमिका निर्वाह गरेकोमा दिपक बहादुर बम र मानबहादुर साउदलाई सम्मान गरिएको छ।
विद्यालयको सर्वोपरी विकासको लागि कर्तव्यनिष्ठ भइ काम गरेको भन्दै प्रकाश बहादुर बम र डम्वर सिंह बम पुरस्कृत भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।