• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ ८, २०८३ Fri, May 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कोरोना त्रास : केन्द्रले खोल्यो, धमाधम लकडाउन गर्दै स्थानीय सरकार 

64x64
नेपाल लाइभ मंगलबार, साउन १३, २०७७  १४:१२
1140x725

काठमाडौं-कोरोना संक्रमण सुरु हुँदै गर्दा सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा गर्‍यो। सबैले ठानेका थिए–लकडाउन एक महिनासम्म होला। तर लकडाउन तीन महिनासम्म भएपछि खोल्नुपर्ने जनदबाब सुरु भयो। सर्वोच्च अदालतको आदेशका कारण पनि सरकारी खातामा पनि राजश्व बन्द हुने अवस्था सिर्जना भयो।

चौतर्फी दबाब र राजश्व असुलीमा समस्या भएपछि केन्द्र सरकारले साउन १० गते लकडाउन समाप्त भएको घोषणा गर्‍यो। जिल्लाभित्र मात्र सार्वजनिक यातायात चल्न सक्ने र अन्तर जिल्ला भदौ १ गतेपछि मात्र खोल्ने निर्णय सरकारले गर्‍यो। तर, सरकारको उक्त निर्णयलाई चुनौती दिँदै अहिले स्थानीय तहहरुले धमाधम लकडाउन सुरु गरेका छन्।

स्थानीयस्तरमा कोरोना संक्रमणको दर बढेपछि स्थानीय सरकारहरुले अत्यावश्यकीय सेवावाहेक अन्य सेवा बन्द गर्ने निर्णय गर्न थालेका छन्। हालसम्म वीरगञ्ज, विराटनगर, राजविराज नगरपालिका र  सप्तरीका दुई स्थानीय तहले मंगलबारदेखि लागू हुने गरि सूचना जारी गरेका छन्। 

वीरगञ्जले एक वडा र टोलका व्यक्तिहरु कुनै पनि बहानामा अर्को वडामा जानसमेत रोक लगाएको छ। किराना पसलहरु बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म खुल्ने, दुध पसल बिहान ५ बजे देखि दिउँसो ३ बजेसम्म खुल्ने, तरकारी पसल बिहान ५ बजेदेखि बिहान ९ बजेसम्म खुल्ने र तरकारी पसलहरु खुल्ला ठाउँमा र ठेलामा संचालन गर्न नपाइने निर्णय गरिएको छ। 

तरकारीको बिक्रीवितरण पसल र सटरहरुबाट मात्र वा वडाध्यक्षले निर्धारण गरेको ठाउँबाट मात्र संचालन गर्न पाइने सूचनामा उल्लेख गरिएको छ। 

त्यस्तै विराटनगर महानगरले पनि कोरोना संक्रमितको संख्या बढेको भन्दै साउन ११ गतेदेखि अत्यावश्यकीय कामबाहेक अन्यका लागि बाहिर ननिस्कन भनेको छ। स्वास्थ्य, वारुणयन्त्र, सरसफाइ र एम्वुलेन्सबाहेक अन्यलाई नगरपालिकाले रोक लगाएको छ। 
त्यसैगरी सप्तरीका स्थानीय तहले कामकाज बन्द गर्दै लकडाउन गर्ने निर्णय गरेका छन्। कोरोना संक्रमण (कोभिड १९) को जोखिम बढेको भन्दै मंगलबारदेखि राजगढ र अग्नीसाइर कृष्णसवरन गाउँपालिकाले अनिश्चितकालका लागि सार्वजनिक सेवाहरु बन्द गरेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

अग्नीसाइर कृष्णसवरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रकुमार यादवले एक विज्ञप्ति जारी गरी समुदाय स्तरमा कोरोना संक्रमण फैलिन सक्ने उच्च जोखिम रहेकाले गाउँपालिका र वडा कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरेको जनाए। 

अति आवश्यक स्वास्थ्य सेवा बाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिँदै यादवले हाटबजार नलगाउन, गोष्ठी-सेमिनार नगर्न, भीडभाड नगर्न, पसल, व्यापार, व्यवसाय, सरकारी, गैरसरकारी र वित्तीय संस्था सञ्चालन नगर्न, नगराउन तथा अनावश्यक रुपमा घर बाहिर ननिस्किन विज्ञप्तिमार्फत अनुरोध गरेका छन्। 

अत्यावश्यक कामका लागि निस्किनु परेमा मास्क अनिवार्य प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न पनि सो विज्ञप्तिमा अनुरोध गरिएको छ। राजगढ गाउँपालिकाले पनि मंगलबारदेखि गाउँपालिकाको अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेको छ। विश्वव्यापी रुपमा फैलिरहेको कोरोना संक्रमण समुदायमा फैलिने सम्भावनालाई मध्यनजर गर्दै उच्च जोखिम न्यूनीकरणका लागि गाउँपालिका र वडा कार्यालय समेतबाट प्रवाह हुने सार्वजनिक सेवा बन्द गरिएको सूचना जारी गरिएको  छ।  

रुपनी गाउँपालिकाले पनि कामकाज ठप्प गरेको छ। राजविराजमा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको भन्दै राजविराज नगरपालिकाले एक साताअघि मंगलबार लकडाउन कडा गर्ने निर्णय गरेको थियो।

राजविराज नगरपालिका–६ का ७३ वर्षीय कोरोना संक्रमित व्यापारीको मृत्युपछि ‘कन्याक्ट र ट्रेसिङ’ गर्दै जाँदा परिवारका पाँचजना सदस्य, उनको घर, पसल र कलेजका कामदार, छिमेकी तथा उनीहरुको परिवारमा समेत कोरोना पुष्टि भएको थियो।  योसँगै राजविराज नगरपालिकाले बुधबारदेखि लकडाउन पूर्ण पालना गर्न र गराउने निर्णय गरेको हो।

बिहीबारदेखि लागू हुनेगरी जिल्ला सुरक्षा समितिको बैठकले राजविराज नगर क्षेत्रभित्र जारी गरेको निषेधाज्ञा कायम राखेको छ। समुदायमा कोरोना फैलिएको भन्दै ट्रयाकिङ र ट्रेसिङका आधारमा पिसीआर परीक्षण गर्दा संक्रमितको सख्या बढेर ४ सय ६२ पुगेको छ। 

भारतबाट आइ मृत्यु भएका कोरोना संक्रमित राजविराज–६ का ७३ वर्षीय व्यापारीको सम्पर्कमा आएका थप दुईजनामा पनि संक्रमण देखिएको छ। राजविराज नगरपालिका ३ का २४ वर्षीय र वडा नम्बर ८ का २७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो। 

बलान बिहुल गाउँपालिका– १ का २६ वर्षीय, वडा नम्बर–२ का २० वर्षीय, वडा नम्बर–३ का ४, १० र २० वर्षीय, वडा नम्बर–४ का २३ र ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

सप्तरीमा आइतबार दिउँसो सातजना र राति पुनः १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७  १४:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज
मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
शीर्षस्थानमा रहेको अमेरिकामाथि नेपालको सहज जित
सम्बन्धित सामग्री
निर्माण व्यवसायीका समस्या समाधान गर्न समितिको निर्देशन समितिको आज बसेको बैठकमा सभापति आशिष गजुरेलले निर्माण व्यवसायीलाई समयमा भुक्तानी उपलब्ध गराउन सरकारलाई आग्रह गरे । शुक्रबार, जेठ ८, २०८३
३२ औँ पटक सगरमाथा आरोहणपछि काठमाडौँ फर्किए कामिरिता शेर्पा स्वदेश फर्किएपछि उनले आफ्नो मुख्य उद्देश्य विदेशी समुदायमाझ नेपाललाई पर्वतीय पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा चिनाउनु रहेको बताएका... शुक्रबार, जेठ ८, २०८३
जेठ १४ गते सार्वजनिक बिदा गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति निकालेर बकर ईद (ईद–उल–अज्हा)को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएका छन् । शुक्रबार, जेठ ८, २०८३
ताजा समाचारसबै
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज शुक्रबार, जेठ ८, २०८३
मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत शुक्रबार, जेठ ८, २०८३
शीर्षस्थानमा रहेको अमेरिकामाथि नेपालको सहज जित शुक्रबार, जेठ ८, २०८३
रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर कास्की अदालतले फिर्ता गर्‍यो शुक्रबार, जेठ ८, २०८३
परराष्ट्र मन्त्रालयले भन्यो– नेपाली चियाको भारत निर्यात सहज बन्यो शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना शुक्रबार, जेठ ८, २०८३
विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्‌न पुगे सभामुख अर्याल बिहीबार, जेठ ७, २०८३
रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर कास्की अदालतले फिर्ता गर्‍यो शुक्रबार, जेठ ८, २०८३
ईशान र दीपेन्द्रको दमदार ब्याटिङ, अमेरिकासामु ३१८ रनको विशाल लक्ष्य शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्