प्रतीकात्मक तस्बिर
काठमाडाैं- पछिल्लाे २४ घण्टामा देशका विभिन्न स्थानमा आएकाे पहिराेमा परी ८ जनाकाे मृत्यु भएकाे छ। राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएकाे जानकारी अनुसार साेमबार बिहान १० बजेदेखि मंगलबार बिहान १० बजेसम्मकाे अवधिमा उनीहरुकाे मृत्यु भएकाे हाे।
यस्तै घटनामा २ जना बेपत्ता भएका छन् भने ६ जना घाइते भएका छन्। प्राधिकरणका अनुसार देशका विभिन्न १४ स्थानमा पहिराे गएकाे छ भने ७ स्थानमा अविरल वर्षा भएकाे छ।
पहिराेका कारण ३ स्थानमा बाटाे अवरुद्ध भएकाे प्राधिकरणले जनाएकाे छ।
यस्ताे छ साेमबार बिहान १० बजेदेखि मंगलबार बिहान १० बजेसम्मकाे विवरण:




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।