सांकेतिक तस्बिर
काठमाडौं-जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आगामी ३ दिन कन्काई, कोसी, नारायणी, तिनाउ, पश्चिम राप्ती र बबईमा बाढीको जोखिम रहेको जनाएको छ।
यस्तै, प्रदेश १, प्रदेश ५, गण्डकी तथा सुदूरपश्चिम प्रदेश भई बग्ने साना नदीहरु केहीमा बहाव सतर्कता तहमा पुग्न सक्ने र केहीमा खतराको तहमा पुग्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपाउन आग्रह गरेको छ।
यस्तै, तमोर नदीले धनकुटाको मुलघाटमा सतर्कता तह पार गरेको जनाउँदै महाशाखाले सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।