एजेन्सी–विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ६३ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ६३ लाख ९६ हजार ९ सय ५४ पुगेको छ।
संक्रमणबाट हालसम्म ६ लाख ५१ हजार ९ सय २ जनाको मृत्यु भइसकेको छ भने ९५ लाख १२ हजार ५ सय ६१ जना संक्रमणमुक्त भएका छन्।
सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४२ लाख ८६ हजार ६ सय ६३ पुगेको छ भने १ लाख ४७ हजार ५ सय ८८ जनाको मृत्यु भएको छ। त्यस्तै, ब्राजिलमा २४ लाख ४२ हजार ३ सय ७५ संक्रमित र ८७ हजार ६ सय १८ को मृत्यु, भारतमा १४ लाख ३५ हजार ४ सय ५३ संक्रमित र ३२ हजार ७ सय ७१ को मृत्यु तथा रुसमा ८ लाख १६ हजार ६ सय ८० को मृत्यु र १३ हजार ३ सय ३४ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।